FLASH NEWS
  • Loading...

तनहुँ, स्याङजा र म्याग्दीमा प्रहरी तथा आर्मीमा कार्यरत पुरुषमा कोरोना पुष्टि

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४१ पटक पढिएको
तनहुँ, स्याङजा र म्याग्दीमा प्रहरी तथा आर्मीमा कार्यरत पुरुषमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा सोमबार कोरोना पुष्टि हुने मध्ये ३ जना  नेपाल प्रहरी तथा नेपाल आर्मीमा कार्यरत व्यक्ति रहेको गण्डकी स्वास्थ्य निर्देशनालायले जनाएको छ ।
पोखराबाट सरुवा भै जिल्ला प्रहरी कार्यालयमा आएका एक जना २० बर्षिय पुरुष प्रहरी जवानमा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालयलले भदौ ४ गते पिसिआर टेष्ट गर्न पठाईएका ३१ वटा स्वाव नमुना मध्य ११ वटा प्रहरीको थियो । तिनै ११ मध्य एक जनामा पोजेटिभ आएका हो ।
पोखराबाट हालै सरुवा भै आएका ७ जना प्रहरी जवानलाई जोखिम क्षेत्रबाट आएकोले पिसिआर टेष्ट नगरी संगठनमा नमिलाउने नीति अनुसार छुट्टै क्वारेन्टाईनमा रोखिएकोले संक्रमित प्रहरी समुदाय र संगठनका अन्य सहकर्मीको सम्पर्कमा नपुगेको जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरले दावी गरे ।
स्वास्थ्य कार्यालयका अनुसार साउन ३० खाली रहेको आईसोलेसनमा सोमबारदेखी संक्रमित प्रहरीलाई आईसोलेसनमा स्थानन्त्रण गरिएको छ । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य ६ जनाको अवको ६ दिनपछि पिसिआर टेष्टकालागी स्वाव संकलन गर्ने पनि जनाएको छ ।
हाल म्याग्दी क्याम्पस र माउण्ट एभरेष्ट पुरानो भवन क्वारेन्टाईनमा रहेका एक नाबालक, दुई बालिका र तीन महिलासमेत १७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । तीन बालबालिकासमेत ७ जना भारतबाट फर्केका हुन ।
‘हाल म्याग्दी जिल्लाभित्र कोरना संक्रमित छैनन । तर म्याग्दी ठेगाना भएका दुई जना काठमाण्डौको आईसोलेसनमा रहेकाले श्वास्थ्य मन्त्रालयको अभिलेखमा म्याग्दीलाई संक्रमितको सूचिमा देखिएको हो’ कोभिड–१९ ब्यवस्थापन केन्द्रका सदस्य एवं क्वारेन्टाईन ब्यवस्थापन उपसमितिका संयोजक सुरत केसीले भने, ‘तेस्रो मुलुकबाट फर्केकाहरुमा कोरोना संक्रमण दर घटेको छ । तर भारतबाट फर्केर क्वारेन्टाईनमा रहनुभएकाको आशंका छ । छिमेकी जिल्लामा समुदायमा संक्रमण फैलिएकोले जिल्लामा उच्च सतर्कता अपनाएका छौं ।’
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार भारतसमेत विदेशबाट फर्केका ६ सय ३९ जनासमेत हालसम्म जिल्लामा एक हजार दुई जनाको १ हजार १ सय ९ स्वावको परिक्षण (पिसिआर) गरिएको छ । १ सय ९२ जना सर्वसाधारण र १ सय ७१ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव परिक्षण गरिएको हो । एक पटक कोरोना पोजेटिभ आएका संक्रमितको र सम्पर्कका स्वास्थ्यकर्मीको दोहोऱ्याएर १ सय ७ पटक पिसिआर परिक्षण गरिएको थियो ।