FLASH NEWS
  • Loading...

घारखोलाले बगाउँदा महिला वेपत्ता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८४ पटक पढिएको
Post Thumbnail

अन्नपूर्ण गाँउपालिका, ५ कुरिलाखर्क स्थित सानो बाँसको फड्के तर्ने क्रममा घार खोलामा खस्दा अन्दाजी ५५ बर्षकी टिकामती परियार वेपत्ता छिन ।
अन्नपूर्ण ६ घारबाट पारीपट्टी पाउद्धार जानेक्रममा घारखोलाको फड्के तर्न खोज्दा विहिवार दिउँसो ४ बजे चिप्लिएर खोलामा खस्दा परियार वेपत्ता भएको प्रहरीले जनाएको छ ।
‘खोला तर्न खोज्दा एक महिला खोलामा खसेर वेपत्ता छिन ।साँझसम्म खोजी गर्दा फेला पार्न सकिएन’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुंवरले बताए ।