- Loading...
को को आए रेडक्रसमा नयाँ अनुहार ?
- पुनहिल डट कम
- ४ साल अघि
- १२९ पटक पढिएको

दर्जनौं आर्थिक अनियमिततामा मुछिएको संस्था नेपाल रेडक्रस सोसाइटीलाई भंग गरी सरकारले नयाँ नेतृत्व चुनेको छ ।
समयमा अधिवेशनसमेत नगरी सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीले चरम भ्रष्टाचार गरेको छानवीनबाट पाइएकोले सरकारले विघटन गरेको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमवार बसेको मन्त्रिपरिषद बैठकले थापा नेतृत्वको रेडक्रसको बर्तमान कार्यसमिति भंग गरी डा नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा आनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति भंग गरेको हो ।
सरकारले रेडक्रसको बिषयमा हालसम्म गठन भएका छानविन समितिको प्रतिवेदनले दोषी ठहर गरेपछि सरकारले नेपाल रेडक्रसमाथि कार्वाही गरेको हो । रेडक्रसले सरकारको स्वीकृतिबिनै दाताबाट अर्बौं रकम लिएर खर्च गरेकोदेखि संस्था नविकरणसमेत नगरेको पाइएपछि मन्त्रिपरिषदले कार्वाही गरी कार्यसमिति बिघटन गरी ३३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा डा। विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला हुनुहुन्छ । उप कोषाध्यक्ष होम पाठक हुनुहुन्छ । उपमहासचिव भने केन्द्रीय कार्यसमितिले तोक्ने गरी निर्णय भएको छ ।
यस्तै सदस्यहरुमा श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप बिष्ट, कुमार थापा र बाबुराजा महर्जन हुनुहुन्छ । यसैगरी शम्भुप्रसाद पोखरेल, शिवकुमार थापा, अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टरार्य, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, लोकराज ढकाल, खेमराज केसी, दिपेन्द्र ढकाल, श्यामप्रसाद डोटेल, सुवोधकुमार सिंह, जीवन राना, महेन्द्र श्रेष्ठ, लोकदर्शन श्रेष्ठ र मोहन पोखरेललाई चयन गरिएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लामो अनुसन्धान र छानवीनबाट प्राप्त प्रतिवेदनका आधारमा नेपाल रेडक्रसमा ठुलै बदमासी देखिएपछि मन्त्रिपरिषदमा कार्वाहीको प्रस्ताव लगेका थिए ।
‘रेडक्रसको बदमासीले सीमा नाघेको पाइएपछि कार्वाही गरी नयाँ तथर्द समिति गठन गरिएको हो, मानवीय र परोपकारी संस्थामा बस्न योग्य ब्यक्तिहरुलाई हामीले जिम्मा दिएका छौं,’ गुरुङले भने ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
