- Loading...
कालीकोटमा पहिरोमा परी एकै परिवारका ५ सहित ७ बेपत्ता
- पुनहिल डट कम
- ४ साल अघि
- १४८ पटक पढिएको

सोमबार रातिको अविरल वर्षासँगै पहिरो खस्दा रास्कोट नगरपालिका-१ बम्हतोलमा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
स्थानीय जयबहादुर शाहीको घरमाथिबाट खसेको पहिरोले उनीसहित ५ जनालाई बेपत्ता बनाएको हो । यस्तै, नरहरिनाथ-८ लालुमा एक किशोर र टाकुल्ला खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छन् । रास्कोट-१ का टेक टमटाको घर भत्किदा छिमेकी एक किशोरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीकाअनुसार अविरल वर्षाले रास्कोट १ बम्हतोलामा खोलाको पानी बस्तीमा पस्दा घरमा सुतिरहेका ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया कोशी, ८ वर्षीय छोरा नवीन र पाहुना आएकी १५ वर्षीया भदैनी अस्मिता शाही पहिरोमा बेपत्ता छन् ।
त्यस्तै, रास्कोट १ पोतमारास्थित टेक टमटाको घर भत्किदा छिमेकी घरकी १५ वर्षीया बेलपुरा शाहीको मृत्यु भएको छ । टेककी पत्नी मयसरा र छोरी यशोदा घाइते भएका छन् । त्यस्तै, नरहरिनाथ ८ लालुस्थित निर्माणधीन सडकमा हिड्दै गर्दा पहिरो खस्दा १६ वर्षीय पारस भण्डारी पनि बेपत्ता छन् ।
पानी नरोकिउकोले बेपत्ताको खोजी सुरु हुन सकेको छैन । रास्कोट र मुम्रा प्रहरी चोकीबाट विहानै प्रहरी घटनास्थलतर्फ पठाइए पनि बाटोमाठाउ ठाउँमा पहिरो खसिरहेकाले घटनास्थल पुग्न कठिनाई भएको डीएसपी ओलीले बताए । प्रहरी टोली अझै पुग्न सकेको छैन ।
source-ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
