FLASH NEWS
  • Loading...

प्रहरी हेडक्वार्टरमै कोरोनाको खतरा, थप २३ प्रहरीमा देखियो ‘पाेजेटिभ’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ७२ पटक पढिएको
प्रहरी हेडक्वार्टरमै कोरोनाको खतरा, थप २३ प्रहरीमा देखियो ‘पाेजेटिभ’

नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।
‘उहाँहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ’ शाहीले भने ।