आज:  | Fri, 25, Sep, 2020

पहिरोमा बेपत्ता एक चालकको शव फेला

११ श्रावण २०७७, आईतवार १८:०२ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

शनिवार राति बानपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

बागलुङ नगरपालिका–५ मालिकाका २५ बर्षिया किसान शनिवार रातिको पहिरोमा परि वेपत्ता थिए । उनिसँगै बेपत्ता भएका अर्का एक जना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।