- Loading...
सडक अवरुद्ध भएपछि मुस्ताङमा पेट्रोलियम अभाव
- पुनहिल डट कम
- ४ साल अघि
- ३८३ पटक पढिएको

बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा ३८ किलोमिटर खण्डमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङमा खाना पकाउने ग्याँस समेत पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
मनसुन सुरु भएसँगै अनियमित भएको पेट्रोलियम पदार्थको ढुवानी गत असार २७ गतेदेखी बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्डको दर्जनबढी स्थानमा बाढीपहिरोले यातायात अवरुद्ध भएपछि मुस्ताङमा एलपि ग्याँस र पेट्रोलियम पदार्थ ढुवानी ठप्प छ । मुस्ताङमा नेपाल आयल निगमको डिलर (पम्प) नभएकोले ब्यवसायीले बेनी र पोखराबाट ब्यारेल (२ सय २० लिटर क्षमताको ड्रम)मा भरेर डिजेल, पेट्रोल ल्याई मिनिरियल वाटरको बोटलमा भरेर वेच्ने गर्छन । खाना पकाउने एलपी ग्याँसपनि पोखराबाटै सिलिण्डर भरेर लैजाने गरिएको छ । खाना पकाउने एलपि ग्याँस अभावहुँदा ठूलो संख्यामा रहने सुरक्षाकर्मी, कर्मचारी र मजदुर समुदायबढी प्रभावित भएको छ ।
‘पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि हाहाकार नै भएको छ । गुनासोपछि बजार अनुगमन गर्दा पेट्रोलियम पदार्थको स्टक नै रहेनछ । मुस्ताङबाट पनि सडक मर्मत गर्दै तल झर्न खोज्दा डोजर चलाउने इन्धन भएन’ प्रमुख जिल्ला अधिकारी वेदनाथ अर्यालले भने, ‘असारे विकासले पनि एक्कासी पेट्रोलियम पदार्थ सकिएको हो । इन्धनको जिल्लामा डिपो नभएको तर ठेकदारले समयमा स्टक नराख्दा समस्या भयो ।’
पेट्रोलियम पदार्थसँगै निर्माण सामाग्री ढुवानी पनि रोकिएकोले मुस्ताङमा संञ्चालित विभिन्न पूर्वाधारका योजनाहरु प्रभावित भएका छन । पानी नपर्ने र गर्मी मौषम भएकोले मुस्ताङमो बैशाख–भदौ पूर्वाधार निर्माणको उपयुक्त समय हो ।
‘लकडाउनले अवरुद्ध योजनाहरु लकडाउन खुलेसँगै मुस्ताङमा पूर्वाधार निर्माणको कामले गति लिएको थियो । तर लामो समयदेखी सडक अवरुद्ध भैरहेपछि निर्माण सामाग्री ढुवानी रोकिएकोले काम प्रभावित भएका छन’ गण्डकी प्रदेशका साँसद इन्द्रधारा विष्टले भने, ‘तर काम गर्ने मुख्य सिजनमा मजदुर र निर्माण सामाग्री ल्याउन नपाउँदा योजनाहरु प्रभावित भएका छन ।’
पेट्रोलियम पदार्थको अभाव बढेसँगै मुस्ताङमा संञ्चालित राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकको लेत–जोमसोम–कोरला खण्डमा भैरहेको काम समेत धेरै योजना प्रभावित भएका छन ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
