- Loading...
अन्नपूर्णले बाढीपहिरो विस्थापितकालाई हेलिकोप्टरमा पुर्यायो राहत
- पुनहिल डट कम
- ४ साल अघि
- १३९ पटक पढिएको

अन्नपूर्ण गाउँपालिकाले हालै आएको बाढीपहिरोले घरमा क्षति पुगेपछि विस्थापित ३ र ४ वडाका ३८ घर परिवारकाकालागी हेलिकोप्टरमा राहत पुर्याएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीका अनुसार अन्नपूर्ण गापा, ३ दानाको काप्रे, तितर, द्धारी र ४ नम्बर वडाको कोप्चेपानी, गाडपार र घरापमा बाढीपहिरो विस्थापितकालागी ५० बोरा चामल, १० प्याक तेल, केही दाल र प्रशासन कार्यालयबाट प्राप्त १५ थान त्रिपाल हेलिकोप्टरबाट लगिएको हो ।
‘सडक मार्ग पुरै अवस्द्ध छ । पैदल हिंड्नपनि गाहे छ । सडक खुल्ने कहिले हो कहिले उता जनता भोकै छन, त्यसैले राहतको मुल्यभन्दा धेरै महंगो ढुवानी खर्चगरी राहत सामाग्री पुर्याउन लागेका हौं’ अन्नपूर्ण गाउँपालिका प्रमुख डमबहादुर पुनले भने, ‘गाउँपालिका र स्थानीय रेडक्रसमा उपलब्ध त्रिपाल, कम्बल समेतका राहत केही दिन अघि नै पुर्याएका हौं ।’
साउन महिनालागेयता अन्नपूर्ण गाउँपालिकाको कोप्चेपानीमा ३ घरपरिवार, काप्रेमा २२ घरपरिवार, तितरमा २ घर, द्धारीमा २ घर, गाडपारमा ५ घर, घरापमा ४ घर, तातोपानीमा १४ घर र दोसल्लेमा १० घरपरिवार पहिरोबाट घर क्षित भएर तथा अति जोखिम भएकोले विस्थापित भएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
