FLASH NEWS
  • Loading...

पहिरोले गोरखाको नौलीखोला थुनियो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२४ पटक पढिएको
पहिरोले गोरखाको नौलीखोला थुनियो

पहिरो जाँदा बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ। धार्चे गाउँपालिका-७, लापुस्थित चिङ्गारनजिकै जमिन भासिएर खोला थुनिएको स्थानीयबासीले जानकारी दिएका छन्‌। गएराती गएको ​पहिरोले खोला पूरै थुनिएको छ।  नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय गोरखाले सजगता अपनाउन आग्रह गरेको छ ‌।