FLASH NEWS
- Loading...
लायन्सद्धारा राहत सामाग्री हस्तान्त्रण
- पुनहिल डट कम
- ४ साल अघि
- १५८ पटक पढिएको
धौलागिरी र मालिका गाउँपालिकाका पहिरो प्रभावितकालागी लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ वि वानले ६ लाख ५० हजार मुल्य वरावरको राहत सामाग्री जिल्ला विपद ब्यवस्थापन समितिलाई हस्तान्त्रण गरेको छ ।
लायन्सका प्रमुख सल्लाहकार चन्द्र केसीले समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत २ सय ९८ थान म्याटेस, १ सय ६७ थान ब्लान्केट, २ सय १२ थान त्रिपाल, ३२ थान तन्ना, ६० वटा टर्च लाईट समेत उक्त मुल्यको राहत पहिरो प्रभावित क्षेत्रका पीडितसम्म पुर्याउन समितिलाई हस्तान्त्रण गरिएको हस्तान्त्रण कार्यक्रमका संञ्चालक सरोज बानियाँले बताए ।
प्रतिक्रिया दिनुहोस