- Loading...
चिकित्सकमै संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल सिल
- पुनहिल डट कम
- ४ साल अघि
- १६९ पटक पढिएको

अस्पताल सञ्चालक तथा चिकित्सक नै संक्रमित भएपछि विराटनगर अस्पताललाई बिहीबार सिल गरिएको छ । उक्त अस्पतालमाथि संक्रमितको पहिचान लुकाएको आरोप समेत लागेको छ ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘सिल गरेसँगै बिरामी र कुरुवालाई अस्पताल बाहिर आवतजावत गर्नमा रोक लगाइएको छ ।,’ उनका अनुसार अस्पतालमा रहेका चिकित्सक, बिरामीलगायत संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी अस्पताललाई सेनिटाइज गर्नुपर्ने निर्णय गरिएको छ ।
अस्पताल सञ्चालकमध्येका ६५ वर्षीय एक चिकित्सकको स्वाब परीक्षण रिपोर्टमा मंगलबार पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ देखिए पनि चिकित्सकले नाम, ठेगाना र मोबाइल नम्बर गलत दिएर स्वाब परीक्षण गराएको हुँदा विराटनगर महानगरलाई संक्रमित खोज्न हम्मेहम्मे परेको थियो ।
रिपोर्ट पोजिटिभ आएपछि चिकित्सक मंगलबार रातिबाटै सम्पर्कविहीन भएका थिए । उनको स्वाब विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) बाटै संकलन गरेर परीक्षणका लागि कोसी अस्पताल लगिएको कार्कीले बताए । ‘स्वाब संकलन गर्ने क्रममा नै उहाँले आफ्ना नाम र मोबाइल नम्बर गलत लेखाउनु भएको थियो,’ उनले भने, ‘ठेगानामा विराटनगरमात्रै उल्लेख भएकाले उनलाई खोज्न महानगर र प्रहरीलाई ४० घन्टा लाग्यो ।’
चिकित्सकको पहिचान लुकाउनेमा समग्र अस्पतालकै भूमिका रहेकोले सेनिटाइज गर्ने सम्पूर्ण खर्च अस्पतालले नै व्यहोर्नुपर्ने महानगरले निर्णय गरेको कार्कीको भनाइ छ ।
संक्रमण पुष्टि भएका उनै चिकित्सकले बुढीगंगा गाउँपालिकामा सञ्चालन गरेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल हालसम्म कुनै सावधानीबिना चलाइरहेका छन् । ती चिकित्सक संक्रमण पुष्टि भएको दिनसम्म मेडिकल कलेज र शिक्षण अस्पतालमा विद्यार्थी, कर्मचारी, चिकित्सक, बिरामी तथा कुरुवासँगको सम्पर्कमा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले मेडिकल कलेज र शिक्षण अस्पताल सिल गरेर संक्रमण फैलिन नदिने सुरक्षात्मक तथा निदानात्मक उपाय अपनाउन माग गरे ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले कोभिड १९ का सम्बन्धमा सम्पूर्ण व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालय मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतलाई दिइएकोले व्यवस्थापनमा लागेको हुन सक्ने बताए । तर बस्नेतले मेडिकल कलेज र शिक्षण अस्पतालको विषयमा केही बताउन चाहेनन् ।
प्रदेश प्रहरी कार्यालय पनि सिल
प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत ५ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । बुधबार एक प्रहरी अधिकृतमा संक्रमण पुष्टि भएको र उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार ११ जनाको स्वाब परीक्षण गरिएकामध्ये थप ४ जनामा संक्रमण देखिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले बताए ।
‘बिहीबार कार्यरत थप १ सय ५० जना प्रहरीको स्वाब नमुना संकलन गरिएको छ,’ उनले भने, ‘कार्यालय सिल गरेर सेनिटाइज गरिएको र सबै जना सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं ।’ प्रदेश प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा अनलाइनबाट दिने व्यवस्था गरेको पोखरेलले बताए । source – ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
