- Loading...
लकडाउन खुलेकै दिन १ सय संक्रमित
- पुनहिल डट कम
- ४ साल अघि
- २७७ पटक पढिएको

नेपालमा गएको २४ घण्टामा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुलेकै दिन एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको थियो।
यस्तै, पछिल्लो समय २ सय ७ जना निको भइ घर फर्केका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ । नेपालमा हालसम्म १८ हजार ९४ जना संक्रमित भएका छन् । तीमध्ये ४२ जनाको मृत्यु भएको छ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो समय २ जनाको मृत्यु भएको छ । तीमध्ये एक विदेशी छन् । नेपालमै कोभिड–१९ का कारण विदेशी नागरिकको मृत्यु भएको पहिलो घटना हो । ४८ वर्षीया एक चिनियाँ महिला सहित जनकपुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको जनाएको हो । मृत्यु हुने चिनियाँ महिला पोखरामा बस्दै आएकी थिइन् ।
मणिपाल अस्पतालमा भर्ना भएकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि साउन २ गते हेलिकोप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि उनलाई फेरि शिक्षण अस्पताल महाराजगञ्जमा लगी उपचार गरिएकोमा बुधबारमात्र मृत्यु भएको हो ।
त्यस्तै, कोरोनाका कारण जनकपुर घर भएका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । खोकी, उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या भएर धरानस्थित बीपी कोइराला अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सो क्रममा उनको नमुना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
