FLASH NEWS
  • Loading...

कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा चिनियाँ नागरिकको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा चिनियाँ नागरिकको मृत्यु

नेपालमा रहेकी एक जना चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ४८ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोख्रेलले जानकारी दिए ।कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

मुटुसम्बन्धी रोगी ती महिला धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिइन् । उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना देखिएपछि उनलाई मंगलबार साँझ शिक्षण अस्पताल सारिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

अहिले ती महिलाको शव शिक्षण अस्पतालको शवगृहमा रहेको र नेपालस्थित चिनिया दूतावासको सहकार्यमा शव व्यवस्थापनको तयारी भइरहेको कार्यकारी निर्देशक पोख्रेलले बताए । news source – ekantipur.com