- Loading...
रुप्स झरनामा बाढी, होटल, जेसिवी र बस बगायो
- पुनहिल डट कम
- ४ साल अघि
- १४६ पटक पढिएको

धौलागिरी हिमालय श्रृखलाको फेदीमा भारी वर्षापछि त्यसक्षेत्रबाट झर्ने खोला म्याग्दी, राहुघाट, रुप्से र मुस्ताङका कैकु र घाँसाखोलामा बाढीले विभिन्न संरचनामा क्षति पुर्याएको छ ।
भारी वर्षापछि रुप्सेखोलामा आएको बाढीले छहराको छेउमा रहेको एउटा होटल/रेष्टुरेन्ट, एउटा जेसिवी बगाएको स्थानिय इन्द्रसिं शेरचनले बताए । शेरचनका अनुसार रुप्सेखोलामाथी निर्माणाधिन मोटरपुलमा प्रयोग भएको जेसिवी र नजिकै पार्किङ गरेको एउटा वस पनि बाढीले बगाएको छ । गाडीको नम्बर र अन्य क्षतिको विवरण खुलेको छैन ।
त्यसैगरी मुस्ताङका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार तल्लो घाँसाको ठाडो खोलामा आएको बाढीले बेनी–जोमसोम सडकमा निर्माणाधिन पुल बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दी र राहुघाट खोलामा पनि बाढी आएको छ । यी खोलाले ठूला ठूला रुखमुढा बगाएको छ । बाढी पूर्वानुमान महाशाखाको वेभसाईटको रेनफल वाचमा म्याग्दीमा घोरेपानी, तातोपानी र दरवाङ तिन वटै स्टे
शनले पानी परेको देखाएको छैन । तर कालीगण्डकी नदीमा बहाव वढ्दो देखाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
