- Loading...
घरेलु रक्सीलाई ‘ब्याण्ड’ होइन ‘ब्राण्ड’ बनाउनुपर्छ
- पुनहिल डट कम
- ४ साल अघि
- २०४ पटक पढिएको

साम्राज्यवाद भनेको हेलिकप्टर जसरी उडेर आउँदैन। गिद्धजस्तो फटफटाउँदै पनि आउँदैन। तर, यसले हामीलाई थाहा नपाई थिचेर, घाँटी न्याकेर माटोमै बिलाउने वातावरण बनाउने रहेछ।
हामीमा आफ्नो स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसक्ने, आफ्नो चिजलाई महत्त्व नदिने, बेचबिखन गरेर पैसा कमाउन नसक्ने, हामीसँग यो चिज छ भन्न नसक्ने अनि अरूको देशले उत्पादन गरेको चिजलाई चाहिँ आहा भन्ने संस्कार बसेको छ। अरूको चिजलाई कति राम्रो भन्दै खाएर गरिब देश र गरिब मान्छेबाटै पैसा पठाइरहेका छौं।
विदेशका विभिन्न प्रकारका रक्सी नेपालमा छ्याछ्याप्ती बिक्री भइरहेको छ। नेपालको प्रत्येक होटलमा विदेशी रक्सी सजिलै भेटिन्छन्। त्यसले विज्ञापनमा मात्र कति खर्च गरेको होला? हामी समाचारको बीचमा आउने विदेशी रक्सीको विज्ञापन हेर्न बाध्य छौँ।
किन यस्तो ?
हाम्रो लोकल रक्सीको विज्ञापन खोई? हाम्रो उत्पादनहरूको विज्ञापन कता हेर्न पाइन्छ?
हो, रक्सी खाएर केही मान्छे बिग्रिएका छन्। कसैको कलेजो बिग्रिएको छ।
यस्तो भन्ने हो भने सबै ब्राण्डका रक्सी माथि प्रतिबन्ध लगाउन पर्याे, त्यो त सकिएको छैन। जहिले पनि लोकल उत्पादन बरामद् गरी फ्याँकिएको समाचार मात्र सुन्छौं। विदेशी ब्राण्डका रक्सी भन्सार छलेर ल्याउँदै गर्दा बरामद् भयो भने पनि फ्याँकिदैन।
चीनको राष्ट्रपतिले आफ्नै उत्पादन ‘माओथाई’ खोलेर चियर्स गर्छन्। अमेरिकी राष्ट्रपतिले माओथाई चेयर्स गर्दैन। आफ्नै कुन ब्राण्ड छ त्यही चेयर्स गर्छन्।
किन यस्तो गरिन्छ?
हाम्रो रक्सी बनाउने तरिका धेरैलाई थाहै छैन। हिमाली भेगको जडीबुटी, पहाडी भेगको मर्चा हालेर कोदोलाई पकाएर जाँड र रक्सी बनाइन्छ।
यसको बनाउने तरिका पनि हेर्नुस्- तीन तहको भाँडा प्रयोग गरेर रक्सी बनाइन्छ। पहिलो तहमा खड्कुलो, त्यसमाथि माटोको भाँडो र सबैभन्दा माथि तामाको भाँडा प्रयोग गरिन्छ। अहिले यस्तो खालको शुद्ध रक्सी खोज्ने कति होलान्?
यसरी बन्ने रक्सी कुनै पनि विदेशी रक्सीभन्दा हजारौं गुणा राम्रो हुन्छ। कति प्रतिशत अल्कोहल राख्ने हो भन्ने निर्णय हामीले गर्ने हो।
यसको लागि आवश्यक प्रयोगशाला हामीले नै बनाउने हो। आज विज्ञान र प्रविधिको विकास कहाँ पुगिसक्यो। हामी प्रयोगशाला राख्न किन सक्दैनाैं।
लोकल कोदोको रक्सीलाई ‘मेडिसिन भ्यालु’सँग किन नजोड्ने? यसलाई ब्राण्ड बनाएर लेबल र प्याकेजिङ गरेर किन बिक्री नगर्ने? हाम्रो आफ्नो उत्पादनलाई कुल्चिएर राख्ने? ब्याण्ड गर्ने? अनि विदेशी उत्पादनलाई ब्राण्ड भन्ने? सक्छौं भने विदेशी रक्सीमाथि प्रतिबन्ध लगाऔं। स्वदेशीलाई ब्राण्ड बनाऔं।
हाम्रो आफ्नो उत्पादनको ब्राण्ड बनाउने हो- मुख्य कुरा यही हो। ब्याण्ड भर्सेज ब्राण्ड।
आदिवासी जनजाति जसले रक्सी उत्पादन गर्छन्। मर्चा प्रयोग गर्छन्। तामा आफैं पनि राम्रो चीज हो। तामाको गाग्री र भाँडामा पानी राखेर खाँदा फाइदा गर्छ भनेर त धेरै अध्ययनले देखाएका छन्।
जबसम्म यो गर्न सक्दैनौं, तबसम्म आफ्नो उत्पादनलाई हामी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्दैनौं। रक्सी बेचेर आय आर्जन गर्न सक्दैनौं। अर्काको ल्याएर, कलेजो बिगारी-बिगारी खाएर, पैसा जति विदेश पठाउँछौ भने कसरी हुन्छ विकास।
चीनको राष्ट्रपतिले आफ्नै उत्पादन ‘माओथाई’ खोलेर चियर्स गर्छन्। अमेरिकी राष्ट्रपतिले माओथाई चेयर्स गर्दैन। आफ्नै कुन ब्राण्ड छ त्यही चेयर्स गर्छन्।
हाम्रो देशमा पनि विदेशीहरूसँग बैठक गरेपछि चेयर्स गर्ने चलन छ, तर हाम्रो आफ्नो उत्पादन होइन। राष्ट्रपतिले चियर्स गर्दा विदेशी रक्सी कतैबाट खोजेर ल्याइएको हुन्छ। यो लाजमर्दो कुरा भएन र? लोकल उत्पादन नै नभए एउटा कुरा। हामीले त हाम्रो लोकल कोदोको रक्सी चेयर्स गर्ने हो नि।
आदिवासी जनजाति जसले रक्सी उत्पादन गर्छन्। मर्चा प्रयोग गर्छन्। तामा आफैं पनि राम्रो चीज हो।
तामाको गाग्री र भाँडामा पानी राखेर खाँदा फाइदा गर्छ भनेर त धेरै अध्ययनले देखाएका छन्। अब घरेलु रक्सीलाई वैधानिकता प्रदान गरेर घरेलु उद्योगको रूपमा विकास गर्नुपर्छ।
यसरी विकास गर्दा फेरि पैसावाल व्यक्तिले पैसा कमाउने र गरिब हामा दिदीबहिनी र जनजातिले दुःख पाउने हुनु हुँदैन।
अहिले हाम्रो आमा दिदीबहिनीले कोदोको रक्सी बनाउनुहुन्छ। नजिकको बजारमा बेच्नु हुन्छ। तर, त्यस्तो रक्सी पोखिदिँदा गरिब आमाहरूको आँसु र पसिनासँगै पोख्दैछौं भन्ने हेक्का राख्दैनौं।
कुन दिन तोङ्वा पनि अर्को देशले बनाएर ब्राण्ड आफ्नो नाममा गर्छ। कुन देशले कहिले ब्राण्ड बनाउँछ थाहा छैन। यदि हामीले बनाउन सकेनौं भने कोदोको रक्सी बनाउने तरिका सिकेर विदेशीले ब्राण्ड बनाउँछ।
दूधको जस्तै रक्सीको पनि संकलन केन्द्र बनाउनुपर्छ। प्रयोगशालामा परीक्षण गर्नुपर्छ। गुणस्तर मापन हुनुपर्छ। अल्कोहलको मात्रा कति प्रतिशत राख्ने हो यकिन गर्नुपर्छ।
कुन दिन तोङ्वा पनि अर्को देशले बनाएर ब्राण्ड आफ्नो नाममा गर्छ। कुन देशले कहिले ब्राण्ड बनाउँछ थाहा छैन। यदि हामीले बनाउन सकेनौं भने कोदोको रक्सी बनाउने तरिका सिकेर विदेशीले ब्राण्ड बनाउँछ।
पुरानो चिजहरू हाम्रो सम्पत्ति हो। यो कला हो, विज्ञान हो। यो कुरा विदेशीहरू छिटो सिक्छन् र अघि बढ्छन्। हामी भने पछाडि परेका छौं।
लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहस सरकारले ल्याओस, नसके गैरसरकारी विधेयकका रूपमा पेश गरेर भए पनि पास गर्नुपर्छ। जनता धनी हुने कुरा त सुन्नु पर्याे नि। गाउँ, पालिका सबैको बोतल एउटै हुनुपर्छ। प्याकिङ र लेभलिङ एकै हुनुपर्छ। यो सबै राज्यले व्यवस्था गर्नुपर्छ।
source – www.dekhapadhi.com/news

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
