- Loading...
पहिरोले काप्रेभीरमा बेनी–जोमसोम सडक कालीगण्डकीमा खसाल्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

फोटो : रीता वरुवाल, काप्रे
बेनी–जोमसोम सडकको रुप्से–घाँसा खण्डमा पर्ने अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेभीरमा आईतवार विहान वेससहित सडक पहिरोले कालीगण्डकी नदीमा खसालेको छ ।
कडापहाडको तलेत्रोमा थुप्रीएको माटो काटेर निर्माण गरिएको सडकमा भारी वर्षापछि पहिरो चल्दा वेस नै नरहनेगरी सडक बगाएको हो । केही दिन अघि पनि काप्रेभिर/बाँदरजुंभीर क्षेत्रमै कालीगण्डकी नदीले बेनी–जोमसोम सडकको वेससहित सडक बगाएको थियो । कालीगण्डकी नदी कटानले अवरुद्ध सडक मर्मत नहुँदै आईतवार नजिकै अर्को माथीबाट झरेको पहिरोले सडक बगाएको हो ।
‘विहान काप्रेभिरमा माथीबाट झरेको पहिरोले बेनी–जोमसोम सडकलाई वेससहित तल कालीगण्डकी नदीमा झारेको छ । तीन दिन अघि कालीगण्डकी नदीको कटाने केही माथी वेसहित सडक तानेको थियो’ स्थानीय रीता बरुवालले भनिन, ‘काप्रेदेखी घाँसासम्मको यो साँघुरो गल्छीमा बर्षेनी पहिरोले सास्ती दिने गरेको छ ।’
बेनी–जोमसोम सडकको प्रवेश गलेश्वर स्थित राहुघाट खोलाले वेलिव्रिज भत्काएको छ । त्यसैगरी सडक खण्डको वैसरीमा निरन्तर पहिरो झर्नेक्रम यथावत छ । वेगखोलामा बेलीव्रिज तीन बर्ष अघि बाढीले बगाएको अझै अर्को पुल नपरेकोले बर्खा पानी पर्दा अवरुद्ध हुन्छ । दानाकाको गुईठे, खट्टेखोला र काप्रेमा सँधै पहिरोले सडक पर्ने र बगाउने हुँदा यातायात अवरुद्ध हुने गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
