- Loading...
कोरोना जितेर एकैदिन १७ सय ५ जना घर फर्के, १० हजार २९४ जना डिस्चार्ज
- पुनहिल डट कम
- ४ साल अघि
- १३१ पटक पढिएको

कोरोना संक्रमणलाई पराजित गरी सोमबार १ हजार ७ सय ५ जना सफल उपचारपछि घर फर्किएा छन् । यो संख्या एकै दिन घर फर्कनेहरुमा सबैभन्दा बढी हो ।
मुलुकका विभिन्न जिल्लास्थित आइसोलेसन सेन्टरमा उपचार गराइरहनु भएका संक्रमितमध्ये सोमबार ठूलो संख्यामा कोरोना युद्ध जितेर घर फर्कनु भएको हो । कोरोना सफल उपचारपछि घर फर्कनेको संख्या अब १० हजार २ सय ९४ पुगेको छ । यो भनेको कुल संक्रमितको ६०.७ प्रतिशत हो ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रम सोमबार पनि कायम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारीअनुसार मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको ५ हजार ८ सय ५६ पीसीआर परीक्षणमा १ सय ४४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकभरका प्रयोगशालामा पछिल्लो २४ घन्टाभित्रको परीक्षण रिपोर्टसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ ।
काठमाडौं उपत्यकामा सोमबार पनि केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३ जना र ललितपुरमा ५ गरी ८ जनाको प्रयोगशाला परीक्षणमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । जसअनुसार टेकूस्थित केन्द्रीय प्रयोगशालामा २, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज प्रयोगशाला परीक्षणमा १ र ललितपुरको पाटन अस्पतालको प्रयोगलाशामा ललितपुरका ५ जनामा संक्रमण देखिएको हो ।
कोरोना भाइरस संक्रमणका कारण सोमबार कसैको पनि मृत्यु भएको छैन । आजसम्म ३८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।
मुलुकमा ७७ जिल्लामध्ये ६ जिल्लामा यतिबेला कोरोनाका कुनै पनि संक्रमण देखिएको छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ, हुम्लामा अब कुनै पनि संक्रमित छैनन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
