Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कालीगण्डकी नदीमा आकस्मिक बाढीको संभावना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१२ पटक पढिएको
कालीगण्डकी नदीमा आकस्मिक बाढीको संभावना

जल तथा मौषम विज्ञान विभाग वाढी पूर्वानुमान महाशाखाले आज कालीगण्डकी नदीमा आकस्मीमक बाढी आउने जोखिम रहेकोले तटिय क्षेत्रमा सर्तकता अपनाउन सुझाएको छ ।

विभागले विहान जारी बाढीपूर्वानुमान सूचनामा आगामी २४ घन्टा नारायणी नदीको सहायक कालीगण्डकी नदीमा आकस्मिक बाढी आउने पूर्वानुमान उल्लेख गरेको छ । विभागको मौषम शाखाले पनि आज विहान छुट्टै मौषम वुलेटिन जारीगरी गण्डकी प्रदेशको केही स्थानमा आगामी २४ घन्टा भारी वर्षाको संभावना उल्लेख गरेको छ ।

मनसुनको न्यून चापीय रेखा भोलिबाट नेपालको पूर्वी भू-भाग नजिकै रहने देखिएकोले ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।