- Loading...
कालीगण्डकी नदीमा आकस्मिक बाढीको संभावना
- पुनहिल डट कम
- ४ साल अघि
- २०६ पटक पढिएको
जल तथा मौषम विज्ञान विभाग वाढी पूर्वानुमान महाशाखाले आज कालीगण्डकी नदीमा आकस्मीमक बाढी आउने जोखिम रहेकोले तटिय क्षेत्रमा सर्तकता अपनाउन सुझाएको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका अधिकाँश स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।थप जानकारी का लागिः-https://t.co/Mp4sMmvaww@NEOCOfficial @NDRRMA_Nepal pic.twitter.com/RjGS0IUBUE
— Nepal Weather Forecast (@DHM_Weather) July 13, 2020
विभागले विहान जारी बाढीपूर्वानुमान सूचनामा आगामी २४ घन्टा नारायणी नदीको सहायक कालीगण्डकी नदीमा आकस्मिक बाढी आउने पूर्वानुमान उल्लेख गरेको छ । विभागको मौषम शाखाले पनि आज विहान छुट्टै मौषम वुलेटिन जारीगरी गण्डकी प्रदेशको केही स्थानमा आगामी २४ घन्टा भारी वर्षाको संभावना उल्लेख गरेको छ ।
मनसुनको न्यून चापीय रेखा भोलिबाट नेपालको पूर्वी भू-भाग नजिकै रहने देखिएकोले ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।