- Loading...
बाढीपहिरोमा पुरिएका ११ जनाको शव फेला पऱ्यो, २३ अझै वेपत्ता, दोस्रो दिन उद्धारकर्मी राहतसहित घट्नास्थल पुग्ने प्रयासमा
- पुनहिल डट कम
- ४ साल अघि
- १३१ पटक पढिएको

अविरल भारी वर्षापछि शुक्रवार विहान दुई बजे आएको पहिरोमा पुरिएका ३४ जनामध्य ११ जनाको शव फेला परेको छ । २३ जना अझै वेपत्ता छन ।
धौलागिरी गाउँपालिका, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गापाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो । पहिरोमा परि धौलागिरी गापाको मराङ ताकम र मालिका गापा, ७ विममागरी अझै २३ जना वेपत्ता छन ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरका अनुसार शुक्रवार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिवार विहान घट्नास्थल तर्फ पैदल हिँडेको छ । प्रहरीका अनुसार तल्लो क्षेत्रको मौषम केही सुधार भएकोले केही राहत सामाग्री लिएर सेनाको हेलिकोप्टर पनि उड्ने तयारीमा छ ।
बाढीपहिरोले ४३ घर परिएका छन । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।
धौलागिरी गाउँपालिका, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोमा परि अलपत्र परेका मध्य कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायीक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभुत विद्यालयमा राखिएको छ । उनीहरुलाई स्थानीय आमा समुह, युवा क्लवले खाना खुवाएका छन । घट्नास्थलमा कुनै राहत पुग्न सकेको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
