FLASH NEWS
  • Loading...

म्याग्दीका पहिरोमा परि ३३ जना वेपत्ता, ३५ घर पुरिए, कम्तीमा ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, अझै उद्धारकर्ता घट्नास्थल पुग्न समस्या

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २०८ पटक पढिएको
म्याग्दीका पहिरोमा परि ३३ जना वेपत्ता, ३५ घर पुरिए, कम्तीमा ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, अझै उद्धारकर्ता घट्नास्थल पुग्न समस्या

अविरल भारी वर्षापछि आएको पहिरोमा परि म्याग्दीमा कम्तीमा ३३ जना वेपत्ता भएका छन । पहिरोमा ३५ घर परिएका छन । कम्तीमा ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले सडक तथा पैदलमार्ग बगाएकोले उद्धारकर्ता घट्नास्थल पुग्न सकेका छैनन ।


जिल्ला विपद ब्यवस्थापन समितिले दिएको जानकारी अनुसार पहिरोमा पुरिएर धौलागिरी गाउपालिका, ६ मराङमा २१ जना, धौलागिरी गापा, ७ ताकममा ३ जना, मालिका गापा, ७ विममा विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) समेत ८ जना, मालिका गापा, ६ दुखुमा खोलाले बगाएर १ जना वेपत्ता छन ।


त्यसैगरी मराङ्गमा २० घर, ताकममा ५ घर र विममा १० घर पहिरोमा पुरिएका छन । रघुगंगा गाउँपालिका, ८ कुईने मंगलेमा राहुघाट खोलामा आएकोबाढी पसेर क्षति पुर्‍याएको स्थानीयले बताएका छन ।
राहुघाट खोलामा आएको बाढीले राहुघाट खोलामा आएकोबाढीले बेनी–जोमसोम सडकको गलेश्वर स्थित राघुघाट खोलामाथीको बेलीव्रिज वगाएको छ । पुलको फाउण्डेसनसहित बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर वस्ती तर्फ सोझिएको छ । मोटर पुल वगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अव यातायातबाट पूर्ण विच्छेद भएका छन ।


राह्घाट खोलामा आएकोबाढीले रघुगंगा गापा, ८ मंगलेक्षेत्रमा ८ घमा क्षति पुर्‍याएको स्थानियले बताएका छन । अविरल बर्षाको कारण मालिका गाउँपालिका, ४ देविस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन ।


माथिल्लो क्षेत्रमा बाढीपहिरो गएपछि म्याग्दी र राहुघाट खोलामा आएको बाढीले खोला सदरमुकाम बेनीको मंगलाघाटका ७ परिवार र रघुगंगा गापा, ३ गलेश्वरका २१ घरलाई सुरक्षित स्थानमा राखिएको जिल्ला विपद ब्यवस्थापन समितिले जनाएको छ ।


‘पहिरोले वस्ती पुरै घेरिएकोले स्थानीय, प्रहरी र सेनाको तीन वटा उद्धारकर्ताको टोली घट्नास्थल पुग्ने प्रयास जारी छ । हामी पनि घट्नास्थल जाँदै छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सवै विवरण स्थानीय जनप्रतिनिधीहरुबाट संकलन
गरिएका हुन । प्रहरीले क्षतिको विवरण संकलन गरिसकेको छैन । प्रारम्भीक तथ्याङ्क मात्र हुन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल