FLASH NEWS
  • Loading...

म्याग्दीका पहिरोले १५ जना वेपत्ता, ३० जनाबढी पहिरोमा फसे, उद्धारमा समस्या

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०५ पटक पढिएको
म्याग्दीका पहिरोले १५ जना वेपत्ता, ३० जनाबढी पहिरोमा फसे, उद्धारमा समस्या

फोटो : भक घर्ती मगरफेसवुक वालबाट

अविरल भारी वर्षापछि आएको पहिरोमा परि म्याग्दीमा कम्तीमा १५ जना वेपत्ता भएका छन । दर्जनौं घर पुरिएका छन ।
पहिरोमा परि धौलागिरी गाउँपालिका, ६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जाली परिवार सहित कम्तीमा ७ जना वेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
वडाध्यक्ष सुवेदीका अनुसार पहिरोले वस्ती–वस्ती विच्छेद भएकोले कति घर पुरिए, कति क्षति पुग्यो यकिन भएको छैन । पहिरोमा फसेकालाई उद्धार गर्न सकिएको छैन ।
त्यसैगरी मालिका गाउँपालिका, ७ विमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परि सोमनाथ शर्मा पौडेलकी श्रीमति विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) समेत कम्तीमा ८ जना वेपत्ता भएका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी गराएका छन । कम्तीमा ३० जना पहिरोमा फसेका छन ।
‘विमको पहिरोमा कम्तीमा ८ जना वेपत्ता भएको जानकारी आएको छ । वारीपारी दुवै तर्फ पहिरो गएको र बाढी आएकोले प्रहरीसमेत हामी कोहीपनि घट्नास्थल पुग्न सकेका छैनौं’ मालिका, ७ विमका वडाध्यक्ष रेशम जुग्जालीले भने, ‘हेलिकोप्टरको सहयोग मागेका छौं । घट्नास्थल पुग्न उपायको खोजी भैरहेको छ ।’
पहिरोमा धौलागिरी गाउँपालिका, ६ मराङको घन्टवाङ र मालिका गापा, ७ विमको भारवाङ क्षेत्रमा १५ जनाबढी वेपत्ता भएको र कम्तीमा ३० जनाबढी पहिरोमा फसेका, उद्धारकर्ता घट्नास्थल पुग्न नसकेको र खराव मौषमले हेलिकोप्टर उड्न नसकेको जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रले जनाएको छ ।
‘पहिरोले वस्ती पुरै घेरिएकोले प्रहरी समेत स्थानीय उद्धारकर्ता समेत घट्नास्थल पुग्न सकेका छैनन । वेपत्ता र क्षतिको विवरण फोनको भरमा टिपेका छौं । पुष्टी भैसकेको छैन’ जिल्ला विपत ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘उद्धारकालागी गृहसँग हेलिकोप्टरको सहयोग मागेका छौं । निरन्तरको भारी वर्षाले खराव मौषमहुँदा हेलिकोप्टरपनि आउन सकेको छैन ।’
त्यसैगरी अविरल वर्षाकाकारण राहुघाट खोलामा आएकोबाढीले बेनी–जोमसोम सडकको गलेश्वर स्थित राघुघाट खोलामाथीको बेलीव्रिज वगाएको छ । पुलको फाउण्डेसनसहित बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर वस्ती तर्फ सोझिएको छ । मोटर पुल वगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अव यातायातबाट पूर्ण विच्छेद भएका छन ।