- Loading...
नेपालप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि भारतीय च्यानल बन्द
- पुनहिल डट कम
- ५ साल अघि
- १९२ पटक पढिएको

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्।
बिहीबार रातीबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको मेगा म्याक्स टिभीका उपाध्यक्ष धुव्र शर्माले जानकारी दिए। उनले भने, ‘पछिल्ला दिनहरुमा भारतीय च्यानले प्रशारण गरिरहेका सामाग्री नेपालको सम्प्रभुतामाथिकै आक्रमणका रुपमा बुझेका छौं। त्यसैले हामीले भारतीय च्यानल बन्द गर्ने निर्णय गरेका हौं।’
उनले अपरेटरहरुले आफूखुशी सल्लाह गरेर च्यानल बन्द गरेको बताए। उनले भने, ‘अहिले च्यानल बन्द गर्ने सेवा प्रदायकहरुको सेवा नेपालका करिब ४० लाख मानिसलाई कभर गर्छन्। लगभग सबै ठूला अपरेटरले च्यानल बन्द गरेका छन्। यदि कसैले गरेको छैन भने पनि शुक्रबारसम्म बन्द गर्छन्।’
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यमहरुले लगातार नेपालविरुद्ध सामाग्रीहरु प्रशारण गरिरहेका छन्। पछिल्लो पटक प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक परपोर्ट प्रशारण गरेका थिए।
यसअघि पनि भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालमा भारतीय च्यानल बन्द गरिएको थियो। source-dcnepal.com

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
