- Loading...
सार्वजनिक यातायात संचालन गर्ने सरकारको निर्णय
- पुनहिल डट कम
- ४ साल अघि
- १५१ पटक पढिएको

सरकारले सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको छ ।
असार २२ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिइने निर्णय भएको हो । अब जिल्लाभित्र मात्रसार्वजनिक यातायातका साधान संचालनमा आउनेछन् ।
अन्तरजिल्ला वा लामो दूरीका यातायातका साधन संचालनमा लगाइएको रोक भने यथावत छ ।
त्यसरी सार्वजनिक यातायातका साधन संचालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना गर्नुपर्नेछ । एक पंक्तिको एक सिटमा सामाजिक दूरी कायम हुने गरी एकजना मात्र राख्न पाइनेछ । यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ भने सबै यातायातका साधनको ढोका र भित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । चालक र सहचालकले मास्क, पञ्जा र भाइजर अनिवार्य लगाउनुपर्नेछ भने गाडीलाई दैनिक रुपमा निसंक्रमण गर्नुपर्नेछ ।
यातायातका साधनहरुले सिट क्षमताको आधा मात्र यात्रुहरु बोक्ने पाउनेछन् भने त्यसबाट यातायात व्यवसायीलाई पर्नजाने आर्थिक क्षतिको पूर्तिका लागि साबिकको भाडादरमा ५० प्रतिशतले बढाएर भाडा लिन सकिने समेत सरकारले निर्णय गरेको छ । तर, बढेको भाडा कोभिड १९ रहुञ्जेल मात्र लागू हुने बताइएको छ ।
सरकारले काठमाण्डौ उपत्यकाको हकमा उपत्यकाभित्र मात्र र जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै संचालन गर्न पाउने गरी ट्याक्सी समेत संचालन गर्न दिने निर्णय गरेको छ । यसरी ट्याक्सी संचालन गर्दा २ जना मात्र यात्रु राख्न पाइनेछ । परिवारको हकमा २ जना बाहेक ५ वर्षमुनिका बालबालिका पनि राख्न पाइनेछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
