- Loading...
प्रेमिल जंगलमा ‘सेक्सी सुनगाभा’
- पुनहिल डट कम
- ४ साल अघि
- ४७६ पटक पढिएको

म्याग्दी बेनीबजारको ठिक पारीपट्टी हाँडेभिर छ । भीरको विचमा तेस्रो फैलिएको सानो जंगल छ । भीरको टुप्पोमा शालीन र भद्र शैलीमा मायाँपिरती साट्ने ‘लभ मेकिङस्पट’ पार्क छ । प्रेमिल पार्क पुग्न बेनी–लभर्सहिल पदमार्ग निर्मित छ । पदमार्गको दायाँ–वायाँ जंगल सुनगाभाका रंगिन फुलहरुले ढकमक्क छ । सुनगाभाका प्रस्तुत तस्वीर हालै प्रभातकालिन हिँडाईकाक्रममा मोवाईलबाट खिचेका हुन ।नेपालीमा सुनगाभा, सुनाखरी र अङ्ग्रेजीमा अर्किड नामले चिनिने सुनाखरी नेपालका सवै क्षेत्रका जंगलमा रुखको बुई चढेर झ्याउसंगै बेरिएर लटरम्म लहरा उम्रने र हावाबाट मलजल गर्ने विभिन्न रङ फुलहरु हुन । रङ्गीविरङ्गी तथा वासनायुक्त सुनगाभाको पुष्पाकृति, रङ, साजसज्जा र फरक आर्कषणले अत्यन्तै सुन्दर देखिन्छन । सुनगाभाको फुलहरु माउ बोटबाट काटेर छुट्टै फुलदानीमा सँजाउँदा समेत लामो समयसम्म ओईलाउँदैन ।
सुनगाभा वा सुनाखरीको बैज्ञानिक नाम भने अर्किडासी हो । स्थान र हावापानी विशेषका आधारमा बैशाख–असारसम्म सुनगाभा रुखका काप र पहराको चेपमा झुण्डीएर उम्रन्छन । अन्य रुखमा हुर्कने र बढ्ने भएपनि सुनगाभा ऐँजेरु जस्तो परजीवी वनस्पति भने होईन । सुनगाभाले हावाबाट आफ्नो खानेकुरा लिन्छन ।
सुनगाभा औषधीजन्य वनस्पती हो । चावनप्रास समेतका जडिबुटीजन्य सामाग्रीमा पनि सुनगाभा मिसाईएको हुन्छ । नेपाली समाजमा ज्वरो, दमखोकी तथा घाँटी दुख्दा केही प्रजातिका सुनगाभा औषधीको रुपमा समेत प्रयोग गर्छन । यो यौनवद्र्धक औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।
संसारभरी पाईने सवैभन्दा बढी प्रजाति भएको वनस्पति सुनगाभा हो । नेपालको तराई, चुरे र महाँभारत पहाडसम्म एक सय ७५ प्रजाति सुनगाभा पाईन्छन । म्याग्दीका सवै जंगलमा सुनगाभा प्रसस्त पाईन्छ । म्याग्दीका जंगलबाट सुनगाभाको तस्करी समेत हुने गरेको छ ।
केही बर्ष अघि म्याग्दीबाट मुस्ताङहुँदै तिब्बत लैजान लागेको सुनगाभा (सुनाखरी) उपल्लो मुस्ताङमा पक्राउ परेको थियो । देशभरबाट अरनिको राजमार्गहुंदै तिब्बत लैजानेगरेको सुनाखरी ब्यापारीले ‘रुट’ परिवर्तन गरी बेनी–जोमसोम सडकहुंदै तिब्बत लैजान थालेका हुन ।
चरो जातिमा भँगेरो जस्तै वनस्पतिमा सुनगाभालाई सवैभन्दा बढी ‘सेक्सी फुल’ मानिन्छ । अध्यताहरुका अनुसार सुनगाभाको फुलले कामुक वास्ना छोडेर सेक्स अपिल गर्छ र वास्नाबाट लठ्ठ भै यौन उत्तेजनामा आएका बारुला, अरिङ्गाल र भमराहरु फुललाई पोथी ठानेर सम्भोग नै गर्छन । त्यसैले सुनगाभालाई अचम्मको सेक्सी बनस्पति मानिन्छ ।
पुष्पखेती ब्यवासयीले विदेशी सुनगाभाको पनि खेति गर्छन । सुनगाभाका पारखीहरुले घरमा पनि फरक शैली र तरिकाले फुलाएका हुन्छन ।
सुनगाभाको नेपालमा पहिलो पटक सन् १८२० मा कलकत्ताका वनस्पति विज्ञ नाथानियल वालिचले काठकाण्डौ नजिकैको शिवपुरी जंगलबाट फेला पारेको इरिडिवाईडिस प्रजातिका सुन्दर फुलहरु पत्ता लगाएका थिए ।
सुनगाभाको महत्व र सौन्दर्यको बारेमा भगवान गौतम बुद्धका समकालिन (१४ वर्ष कान्छा) चिनियाँ दार्शनिक कन्फ्युसियसले चर्चा गरेको बनस्पति विज्ञानमा उल्लेख छ । काटेर गमलामा रोप्दा समेत रुप नओईलाउने रङ नखुईलिने सुनगाभा हत्तपत्त मर्दैनन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
