FLASH NEWS
  • Loading...

टोटेनहमका एरिकलाई चार खेलको प्रतिबन्ध

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९६ पटक पढिएको
टोटेनहमका एरिकलाई चार खेलको प्रतिबन्ध

इंग्लिस क्लब टोटेनहमका डिफेन्डर एरिक डायरलाई चार खेलको प्रतिबन्ध लागेको छ ।
इंग्ल्यान्डको फुटबल एसोसियसन (एफए) ले खेल भावना विपरित कार्य गर्दै एफएको नियम उलंघन गरेको भन्दै एरिकलाई चार खेलको प्रतिबन्ध गरेको हो ।
एफएले गत मार्चमा भएको एफए कप फुटबल अन्तर्गत नर्विचसँगको खेलमा एरिकले खेल भावना विपरित कार्य गरेको जनाएको छ ।
यस्तै उनलाई प्रतिबन्धसँगै ४० हजार पाउण्ड जरिवाना समेत गरिएको छ ।
‘एरिक डायरलाई तत्कालबाट लागु हुने गरी चार खेलको प्रतिबन्ध गरिएको छ र ४० हजार पाउण्ड जरिवाना गरिएको छ । एफएको ई-३ नियम उलंघन गरेको कारण उनलाई चेतावनी समेत गरिएको छ,’ एफएले भनेको छ ।
एफए कपको पाँचौं चरणको खेलमा एरिक दर्शक बस्ने सिटतर्फ चढेर गएका थिए । उक्त खेल टोटेनहमले पेनाल्टीमा ३-२ ले गुमाएको थियो ।
इंग्ल्यान्डका डिफेन्डरलाई समर्थकले दुर्व्यबहार र जिस्काएको कारण उनले त्यसो गरेको बताईएको छ ।