- Loading...
लेखराज भट्ट प्रधानमन्त्री ओलीको पक्षमा
- पुनहिल डट कम
- ४ साल अघि
- २८२ पटक पढिएको

सत्तारुढ दल नेकपाभित्रको विवाद यति बेला उत्कर्षमा पुगेको छ। केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले माग गरिरहेका बेला सुदूरपश्चिमका पूर्व माओवादी नेता लेखराज भट्ट भने प्रधानमन्त्री ओलीको पक्षमा देखएका छन्।
सुरुदेखि नै प्रचण्ड निकट रहँदै आएका भट्ट पछिल्लो समय प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिएको अडानका कारण ओली पक्षमा आएका हुन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला भट्टले प्रधानमन्त्री ओलीलाई साथ दिनुलाई महत्वका साथ हेरिएको छ। भट्ट सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन्।
पछिल्लो समय पार्टीभित्र प्रधानमन्त्री ओली अल्पमतमा परेपछि भट्टले ओलीलाई साथ दिन थालेका हुन्। ‘अहिले पार्टी विभाजन कसैको पनि हितमा नभएका कारण पार्टीलाई एकतावद्ध पार्दै लैजानुपर्छ भन्ने मेरो मान्यता हो,’ भट्टले भने, ‘दुई कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकतालाई बचाउन अहिले विवाद होइन, एकता आवश्यक छ।’
भट्ट हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत छन्। पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटी सदस्य भीम रावललाई बढी महत्व दिएपछि भट्ट प्रचण्डसँग असन्तुष्ट छन् ।
प्रचण्डले राउललाई सुदूरपश्चिमको नेताको रुपमा अगाडि बढाउन खोजे भट्ट प्रधानमन्त्री ओली कित्तामा पुगेका हुन्। भट्टले कुनै पनि हालतमा प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुने बताउँदै आएका छन्।
भट्ट प्रधानमन्त्रीको ओली पक्षमा लागेसँगै सुदूरपश्चिमा अन्य नेताहरुलेसमेत प्रधानमन्त्रीलाई साथ दिने भएका छन्। स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले संसदीय दलमा भने बहुमत पुर्याउने कोशिश गरिरहेका छन्। जसलाई भट्टलगायतका नेताले साथ दिएका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
