- Loading...
बझाङमा पहिरोले १७ घर बगायो
- पुनहिल डट कम
- ४ साल अघि
- २२९ पटक पढिएको

शनिबार बिहान गएको पहिरोले बझाङमा १७ घर बगाएको छ । केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले घर बगाएको हो । पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ ।
बिहान २ बजेतिर पहिरो गएको हो । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्न सकेको छैन । मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको स्थानिय दिपक बोहराले बताए । बोहराले ५ जनाको शव भेटिएको र २८ देखी ३० जना सम्म बेपत्ता रहेको अपुष्ट जानकारी आएको बताए ।
उद्धार गर्न गएको प्रहरी टोलीले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डिएसपी गणेश बमले जानकारी दिएका छन । यद्यपी त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्न सक्ने उनले बताए ।
बझाङकी प्रतिनिधी सभा सदस्य आसा विकले हेलिकप्टर मार्फत उद्धार टोली घटनास्थल पठाउनका लागि प्रयास भैरहेको जानकारी दिएकी छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
