- Loading...
गण्डकीको बजेट बहुमतले पारित
- पुनहिल डट कम
- ४ साल अघि
- १३७ पटक पढिएको

गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट शुक्रबार बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकबाट बजेट पारित भएको हो । त्यसअघि विनियोजन विधेयक र शुक्रबार अर्थसम्बन्धी विधेयक पारित भएका थिए । गण्डकी सरकारले आउँदो वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यो चालू आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी हो ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट सार्वजनिक गर्दै चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत बजेट विनियोजन गरेका थिए । प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार छ । बाँकी चालु वर्षमा खर्च भइ बाँकी रहने मौज्दात ७ अर्ब, आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने जनाइएको छ ।
यसैगरी, सरकारले आव २०७७/७८ मा ४ अर्ब ६० करोड ८५ लाख ६० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । बजेटमाथि प्रमुख प्रतिपक्ष कांग्रेस सांसद ओमकला गौतमले बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्ताव पेस गरेकोमा प्रस्ताव अस्वीकृत भयो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
