- Loading...
इतिहासमै पहिलो पटक नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियो
- पुनहिल डट कम
- ४ साल अघि
- १४२ पटक पढिएको

नेपाल इतिहासमै पहिलो पटक निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो बर्गीकरण अनुसार नेपाल पहिलो पटक निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको हो । नेपाल यसअघि निम्न आय भएको मुलुक थियो ।
प्रतिव्यक्ति आय १०३६ अमेरिकी डलरदेखि ४०४५ अमेरिकी डलरम्म आय भएका मुलुकलाई निम्नमध्यम आय भएका मुलुकको सूचीमा राख्छ । चालु वर्ष नेपालको प्रतिव्यक्ति आय १०८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । यसैका आधारमा नेपालको स्तरोन्नती भएको हो ।
विश्व बैंकले विश्वभरका देशहरूलाई निम्नआय भएका, निम्नमध्यम आय भएका, उच्चमध्यम आय भएका र उच्च आय भएका गरी ४ समूहमा विभाजन गरेको छ । यसअनुसार १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आय भएका २९ मुलुक निम्न आय भएका देशको सूचीमा छन् ।
निम्नमध्यम आय भएका मुलुकको सूचीमा नेपालसहित ५० राष्ट्र छन् । यो समूहमा दक्षिण एसियाबाट पाकिस्तान, भारत, भुटान र श्रीलंका छन् । अफगानिस्तान निम्न आय भएका मुलुकको सूचीमा छ भने माल्दिभ्स उच्चमध्यम आय भएका मुलुकको सूचीमा छ ।
विश्व बैंकका अनुसार ५६ देश उच्चमध्यम आय भएका मुलुकको सूचीमा छन्। ४०४६ डलरदेखि १२ हजार ५३५ अमेरिकी डलर प्रतिव्यक्ति आय भएका मुलुक यो समूहमा रहन्छन्। चीनसहितका देश यो समूहमा छन्। उच्च आय भएका अर्थात् प्रतिव्यक्ति आय १२ हजार ५३५ डलरभन्दा धेरै भएका ८३ देश छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
