FLASH NEWS
  • Loading...

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६५ पटक पढिएको
नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको छ।

यसअघि दाहालले बालुवाटारमै नेकपा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसँग छलफल गरेका थिए।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू वर्षे अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयय गरेको थियो। मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।

स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष छलफलमा जुटेका हुन्। यसअघिको स्थायी कमिटी बैठकमै दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।