FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाका एक ४९ दिने शिशुको कोरनाबाट मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४४ पटक पढिएको
बेनी नगरपालिकाका एक ४९ दिने शिशुको कोरनाबाट मृत्यु

कोरना भाईरस संक्रमणबाट राजधानीको त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक ४९ दिने शिशुको मंगलवार मृत्यु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका, ४ घर भएका पुन थरका शिशुको पोखराको एक अस्पतालमा जन्म भएको हो ।
जन्मेको केही दिनमा दुध खान नसक्ने समेतका समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल काठमाण्डौ रिफर गरेको थियो । पछिल्लो एक महिनादेखी शिशुको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भैरहेकोमा बुधवार उनको घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेपछि शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले उनको शल्यक्रिया अघी गरिएको स्वाव परिक्षणमा शिशुमा कोरना संक्रमण देखिएको बताएका छन ।