- Loading...
हिमालमा उक्ले सलह
- पुनहिल डट कम
- ४ साल अघि
- १४४ पटक पढिएको

भारतहुँदै चार दिन अघि नेपाल पसेको सलहको एउटा झुण्ड म्याग्दीनदी किनारै किनार धौलागिरी वेस क्याम्प तर्फ लागेको छ । अर्को थोरै संख्याका सलह मुस्ताङ्ग पनि पसेका छन ।
सलहको एउटा झुण्ड म्याग्दी नदी पछ्याउँदै ताकम, धौलागिरी हिमालमुनीका अन्तिम वस्ती मुदीबगराहुँदै वेस क्यम्प तर्फ लागेको हो । स्थानीयका अनुसार सलहको एउटा झुण्ड वस्तीको आकासबाट माथी धौलागिरी वेस क्याम्प तर्फ लागेको छ । केही सलह ताकम, मुना, लुलाङ्ग, खिवाङ, मुदी, बगारा वस्तीमा पनि खसेका/वसेका छन ।
‘फाट्टफुट्ट सलहहरु धौलागिरी गाउँपालिकाका वस्तीमा देखिएका छन । समुहमा आएको सलहको झुण्ड भने वस्ती नाघेर माथी हिमाल तिर लागेका छन’ धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुनले भनिन, ‘वालीनाली पुरै ढाक्नेगरी सलह देखिएको छैन । फेरी थपिने पो हुन की त्यसैले सलहको झुण्ड देखे धुँवा लगाउने र वालीमा बसे मार्न अभियान चलाउन समुदायलाई भनेका छौं ।’
त्यसैगरी अर्को सानो झुण्ड पोखराबाट अन्नपूर्ण हिमालको फेदीबाट मुस्ताङ्ग पुगेको छ । सलहको स–साना समुह कास्कीको पोखरा, अन्नपूर्ण गाउँपालिकाहुँदै घोडेपानीकाटेर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घार, पाउद्धार, दानाहुँदै मुस्ताङ्गको लेतेसम्म देखिएका छन । कुनै समुहबाट हावाको झोक्काले केही टुक्राएर यता पुर्याएको स्थानीयले अनुमान गरेका छन ।
‘पुरै वाली नष्ट गर्ने संख्यामा नदेखिएपनि जिल्लाका प्राय: सवै वस्तीमा थोरैथोरै संख्यामा सलह देखिएको छ’ जिल्ला प्रकोप ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘थप सलह देखिए समुदाय परिचालन गरी मार्ने र धपाउनुको विकल्प देखेका छैनौं ।’
तस्वीर : रेशमबहादुर विक, लुलाङ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
