FLASH NEWS
- Loading...
कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन
- पुनहिल डट कम
- ४ साल अघि
- १९३ पटक पढिएको

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान सांसद छन्त्यालको निधन भएको कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।
उनी नेपाली कांग्रेसको दशौं महाधिवेशनदेखि हालसम्म महाधिवेशन प्रतिनिधि थिइन् । त्यस्तै २०५९ सालदेखि २०७१ साल माघसम्म उनी नेपाल महिला संघ बागलुङको जिल्ला उपसभापतिको जिम्मेवारीमा थिइन् । उनी संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्य पनि थिइन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
