- Loading...
चाल्ने सिस्नु हेपाटिक क्यान्सरका लागि उपयोगी : अनुसन्धानकर्ता
- पुनहिल डट कम
- ४ साल अघि
- २२४ पटक पढिएको

नेपालमा पाइने अल्लोमा (चाल्ने सिस्नु) औषधीय,कस्मेटिक र खाना योग्य गुणहरु प्रशस्त मात्रामा पाइएको एक अनुसन्धानले देखाएको छ । अल्लोमा फाइटोस्टेरोल, फाटिएसिड, क्यारोटिन्वाइड्स, पोलिफिनोल जस्ता तत्वहरु पाइएको हो ।
त्रिवि वनस्पति शास्त्र अध्ययन संस्थानका पीएचडी अध्ययनरत श्यामशरण श्रेष्ठसहित उनका सुपरीवेक्षकहरु प्राध्यापक संगिता राजभण्डारी, दीपकराज पन्त र पाडोभा विश्वविद्यालय इटालीका प्राध्यापक स्टेफानो डालआक्वा सम्मिलत अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो ।
मोलिक्युल्स जर्नलमा प्रकाशित उक्त अनुसन्धानले नेपालमा पाइने अल्लो हेपाटिक क्यान्सरका लागि सबैभन्दा बढी उपयोगी देखिएको पनि जनाएको छ ।
अनुसन्धानकर्ता श्रेष्ठले भने,‘अल्लोले हेपाटिक क्यान्सरका बिरामीलाई क्यान्सर लगाउने कोषहरु वृद्धि गर्न दिँदैन । यसमा भएका फाइटोस्टेरोलले कोष वृद्धि गर्न नदिने भएकाले अल्लो बहुउपयोगी छ ।’ फाइटोस्टेरोल तत्वले कलेजोमा क्यान्सर वृद्धि गर्ने कोषहरु रोकिदिने काम गर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताए । अल्लोमा हुने तत्वले हेपाटिक, प्यानक्रियाटिक र ओभरियन सेललाइन विरुद्ध काम गर्ने देखिएको पनि उनले बतए ।
नेपालमा अल्लोको एउटा प्रजाति मात्रै पाइन्छ । नेपालीमा चाल्ने सिस्नुले समेत भनिने अल्लो घरायसी सिस्नुभन्दा केही फरक हुने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यो प्रजातिको अल्लो नेपालमा १२ सयदेखि ३ हजार मिटरको उचाईमा पाइन्छ । श्रेष्ठले सिन्धुलीगढीबाट अल्लोको नमुना संकलन गरेर इटालीस्थित पादोवा विश्वविद्यालयमा यसमा पाइने तत्वहरुको अध्ययन गरेका थिए ।
लुगा, डोरी, सुकुल, नाम्लो र उपहारका सामानहरु बनाउन प्रयोग हुँदै आएको अल्लो नेपाल लगायत भारत, भुटान, पूर्वी चीन, म्यानमार, इन्डोनेसिया, अफ्रिकामा पनि पाइन्छ ।
पराम्परागत मान्यता अनुसार नेपालमा अल्लो खानाले ग्यास्ट्रिक, छाती दुखाइ,बाथ, क्षयरोग, टाउको दुखाइ, मधुमेह, दम सुत्केरी व्यथा, रक्त शुद्धीकरण हाड भाँचिएको ठाउँमा उपयोग हुँदै आएको अनुसन्धानकर्ता श्रेष्ठले बताए । – ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
