FLASH NEWS
  • Loading...

शोक, भोक र रोगले ग्रसित बन्दै मराङराम्चेका पहिरो पीडितहरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
शोक, भोक र रोगले ग्रसित बन्दै मराङराम्चेका पहिरो पीडितहरु

|zf]s, ef]s / /f]un] uNb} klx/f] kLl8tx? – c;f/ @^ ut] /ftLsf] ef/Ljiff{kl5 cfPsf] klx/f]af6 3/v]t aufPkl5 cnkq k/]sf wf}nflu/L ufp“kflnsf, ^ d/fªsf] /fDr] j:tLsf ;'Ts]/Lx? ;ljgf 3tL{lkp/] / xl/dfof“ 3lt{lkp/] . / klx/f]af6 lj:yflktx? . @%–#) 3/ e'm?Kk blnt a:tL, /fDr] zf]sdf dfq 8'a]sf] 5}g, lj:tf/} ef]sn] tl8lkg / /f]un] uf“lhg klg yfn]sf] 5 . n]ssf] 7fp“df lg/Gt/sf] em/Ljfbnn] ubf{ ;'Ts]/L, gjhft lzz' / a[4a[4nfO{ l;;f]n] ;tfpg yfn]sf] 5 . klx/f]n] lj:yflktdWo ;'Ts]/Lafx]s cGo eg] kfnsf] uf]7agfO{ a;]sf 5g . klx/f]df ( hgf cfkmGt u'dfPsf] /fDr]j:tLdf j8fWoIf ;d]t hgk|ltlgwLafx]s ;/f]sf/jfnfsf] Wofg k'Ug ;s]sf] 5}g . t:jL/ M 3gZofd v8sf÷sflGtk'/

मराङको पश्चिम सिरानको भिरालो पाखोमा अवस्थित २५–३० घर झुरुप्प दलित बस्ती, राम्चे शोकमा मात्र डुबेको छैन, विस्तारै भोकले तड्ििपन र रोगले गाँजिन पनि थालेको छ । लेकको ठाउँमा निरन्तरको झरीवादलले गर्दा सुत्केरी, नवजात शिशु र बृद्धबृद्धलाई सिसोले सताउन थालेको छ । पहिरोमा पर्दा सविना घर्ती पिउरे १० दिनकी, हरीमायाँ घर्ती पिउरे ४० दिनकी र गिरु घर्ती पिउरे दुई महिना १० दिनकी सुत्केरी थिए ।
आफन्त गुमाएको शोकमा चुर्लुम्म डुवेका राम्चेका यी सुत्केरीहरु भोकसँगै र रोगले दिनदिनै गल्दै गएका छन । धर्ती टेक्न नपाउँदै पहिरोमा परेका नवजात शिशुहरुलाई चिसोले छुन थालेको छ ।
‘पहिरोको विपतमा ज्यान जोगाएर भाग्यौं, केही झिक्न पाएनौं । सामुदायीक भवनमा ओत त लागेका छौं, हरको (सरिर)कपडा फेर्न पाएका छैनौं । नवजात शिशुलाई फेर्न न्यानो कपडा छैन । राहतमा कम्बल शिशुलाई वेर्न नमिल्ने रहेछ, आफैले लगाएको गुन्युको अर्को फेरले बेरेर सुताउँछु’ हिक्कहिक्क गर्दै दलित सामुदायिक भवनमा रहेका मध्य एक २७ दिनकी सुत्केरी सविनाले भनिन्, ‘न वस्ने घर रह्यो, न खाने अन्न छ, नपकाउने भाँडावर्तन । सम्झदा मन भकान्छि, कस्तो बेला जन्मेछ, छोरो ।’
असार २६ गते विहान झिसमिसेमै भिषण बर्षापछि आएको बाढीपहिरोमा ६ जना बालबालिका समेत ९ जना आफन्त गमाएको दलित वस्ती राम्चेमा राज्यका निकाय र राहतकर्ताको ध्यान नपुग्दा भोकमरीमा पर्न थालेको हो । सोही पहिरोमा किचिएकी अर्की एक जना गर्भवतीको ६ महिनाको गर्भ खेर गयो । तीन दिनपछि हेलिकोप्टबाट उद्धारगरी पोखरा पुर्‍याएपनि गर्भको शिशु बाँचेन । डाक्टरले शल्यक्रिया गरी गर्भबाट मृत शिशु झिकेर आमालाई बचाए । २२ बर्षिय ति युवतीको हिपको माथीको हाड भाँचिएकोले पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । पहिरोमा घाईते अन्य तीन जनाको पनि उपचार भैरहेको छ ।
तीनै जना सुत्केरीलाई धौलागिरी गाउँपालिका, ६ राम्चेको दलित सामुदायीक भवनमा राखिएको छ । पहिरोमा परिवारका सदस्यसहित घरसम्पत्ति गुमाएका र पहिरोको डरले घर वस्न नसक्ने अवस्थाका समेत करिव ५० परिवार राम्चेको यही पाखोमा लस्करै राहतमा आएका पहेंला त्रिपालको छाप्रो बनाएर बसेका छन ।
‘पहिरोमा बाँचेका सुत्केरीहरु छन । उनीहरुलाई सामुदायीक भवनमा राखेका छौं । बाँकी सवै बाहिर पाल टाँगेर बसेका छौं । निरन्तर झरीले गर्दा जमिनले घाम देख्न नपाउँदा पालमुनीको भुई ऱ्याप्पै चिसो छ, त्यहीं रात कटाउछौं’ राम्चेमा रहेका थेरै वयस्क पुरुषमध्यका एक गोरे सुनारले भने, ‘मेसमा संख्या ठूलो भएकोले दाउरा तथा पानी ब्यवस्थापन गर्न समस्या भयो । विस्तारै परिवार संख्याको नजानिँदो विषय उठेपछि अलग–अलग बस्न थालेका हौं ।’
भौगोलिक रुपमा जिल्लाको सवैभन्दा अप्ठ्यारो र कठिन मानिन्छ, मराङ । मराङकै पनि दुर्गम र अति कम उत्पादनशिल भुगोलमा पर्छ, राम्चे । दलित बाहुल्य वस्ती । हत्तपत्त कहिल्यै विकास नपुगेको मराङको राम्चेको वस्तीमा आईपरेको विपतमा पनि न छिटो उद्धारकर्ता पुगे । न क्षतिको विवरण संकलन गर्न प्रहरी । न राहतकर्ता नै पुगेका छन । एक–दुई खेप आएको २०–३० बोरा चामल सकिँदै गएको छ । सुत्केरी र नवजात शिशुलाई प्रयाप्त पौष्टिक आहारा आवश्यक पर्छ । पोषिलो र तागतिलो खानेकुरा परको कुरा यहाँका प्रयाप्त खान समेत पाएका छैनन ।
‘पहिरो बग्ने बगे । पुरिएका केही भाँडावर्तन निकाल्यौं । तर लगाउने लत्ताकपडा निकाल्न मिलेन, हिलोमा गाडिएकोले लगाउन मिल्ने अवस्थामा पनि थिएनन’ अर्की सुत्केरी हरिमायाँ पिउरेले भनिन, ‘पोषिलो खाना नहुँदा दुध सुक्न थाल्यो, वच्चा भोकले रुन्छ । पालको वास छ, लगाउने कपडा छैन न खाने अन्न । कसरी छातीमा दुध पलावस ।’
यहाँका सुत्केरीहरु आफन्तले दिएका जडौरी कपडा (आफुले प्रयोग गरेका)लगाएर बसेका छन । पहिरोले वल्लो पल्लो वस्ती विच्छेद भएकोले पहिरो गएको दुई हप्ता पुग्यो मराङका गाउँपुग्ने गोरेटो वाटो समेत बनेको छैन । बजार पुग्ने अवस्था नभएकोले किनेरै कपडा फेर्ने अवस्था छैन । यता सदरमुकाममा राहतको थुप्रो लागेको छ । सडक, घोडेटो तथा गोरेटो बाटो समेत मर्मत हनु नसकेकोले राहत सामाग्री नपुगेको हो । पहुँच हुने क्षेत्रमा सवैले राहत पुर्‍याएपछि विपन्न दलित वस्तीमा पुग्ने प्रयास कसैले गरेको छैन ।
‘हेलिकोप्टर उडेको देखिन्छ । को कोले के के राहत कहाँ दिए हामीलाई जानकारी छैन । हाम्रो रोहवरमा आएका राहत मापदण्ड बनाई न्यायोचित रुपमा वितरण गरेका छौं । नपुग्दा हामी छिमेकीले बाँडेर खाएका हौं, भोली पनि त्यसरी नै बाँच्छौं’ धौलागिरी गाउँपालिका, ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘हामीले पहिरो प्रभावित तथा क्षतिको विवरण संकलन गरी सम्बन्धीत निकायमा दिएका छौं । जनप्रतिनिधीको हैसियतले प्रण गर्छु, यो विपदमा मानवता र न्याय मर्न दिने छैन ।’
धान नफल्ने राम्चेका प्राय: सवैको २–३ मुरी मकै र ३–५ मुरी कोदो फल्ने वारी छ । कसैको २ मुरीसम्म गहुँ फल्छ, अलिअलि आलु रोप्छन । अधिकांशको जीवन गुजारा कृषी मजदुरीबाट चल्छ । पछिल्लो केही बर्षदेखी युवा पुरुषहरु मलेशिया, कतार, साउदी तिर जान थालेका छन ।
‘आकासमा हेलिकोप्टर घुम्छन, वल्लो–पल्लो–तल्लो वस्तीमा बस्छन, राहत बाँड्छन, जान्छन । हामी दलितको वस्तीमा न हिजो हिंडेर कोही नेता आए न आज उडेर । हामी माथी डाँडाबाट कस्तो हेलिकोप्टर कतिपट उड्यो हेर्दै दिन वित्छ’ राहतको पहेंलो पालमुनी गंगालाल विकले थपे, ‘सवैको अवस्था उही हो । दुई–चार मुरी मकै/कोदो फल्ने बाहेक अन्य उब्जनी छैन । कसैका दुई चारोटा बाख्रापाठा छन, कसैका दूईतिनटा कुखुराका चल्ला ।’
धौलागिरी र मालिका गाउँपालिकाका बाढीपहिरो प्रभावित क्षेत्रमा प्रयाप्त खानेकुरा, लत्ताकपडा र खानापकाउन भाँडावर्तनको आवश्यक छ । खासगरी बाढीपहिरोले अवरुद्ध गोरेटो बाटो अझै मर्मत हुन नसक्दा पहिरो पीडितहरु चाहेर पनि बजार पुग्न सकेका छैनन । सवैतिरका बाटाघाटो पहिरोले लगेको र मर्मत भैनसकेकोले पहिरो पीडितहरु वस्तीमै बन्दी भएका छन ।
बाढीपहिरोबाट म्याग्दीका ६ सय परिवार विस्थापित
अविरल बर्षापछि आएको बाढपहिरोमा परी जिल्लाका ६ वटै स्थानिय तहका विभिन्न बस्तीका ६ सयबढी घरपरिवार विस्थापित भएका छन । विस्थापित धौलागिरी गाउँपालिका मराङ र ताकमका सुत्केरी लगाएत केही बाहेक अधिकांश पहिरो पीडितहरु त्रिपालको गोठ बनाएर बसेका छन । मंगला गापा अर्मन, अन्नपूर्ण, २ का विस्थापित विद्यालयमा र ७ दोसल्लेका केही पनि पालमा बसेका छन । बाँकी विस्थापित विद्यालय, सामुदायीक भवन तथा गाउँमा खाली रहेका घरमा राखिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार धौलागिरी गापामा २ सय ९८ परिवार, मालिका गापामा १ सय ६५ परिवार, मंगला गापामा ३४ परिवार, बेनी नगरपालिकामा ३७ परिवार, रघुगंगा गापामा ४० परिवार र अन्नपूर्ण गापामा ५२ परिवार बाढीपहिरोबाट घरपूर्ण क्षति, आंशिक क्षति र अति असुरक्षित भएको कारण विस्थापित भएका हुन ।
बाढीपहिरोमा परि असारयता धौलागिरुमा १९ जना, मालिकामा ८ जना, रघुगंगामा ३ जना र अन्नपूर्णमा १ जनागरी ३१ जनाको मृत्यु भएको छ । धौलागिरीमा २, मालिकामा २ र अन्नपूर्णमा १ जनागरी ५ जना बेवत्ता छन । धौलागिरी र मालिकामा गरी १२ जना घाईते छन ।
असारपछि बाढीपहिरोले धौलागिरी गाउँपालिका, ६ र ७ वडाका काफलडाँडा, ताकम, कुम्री, दमाका,रिखा, घन्टीवाङ, अर्भाङ, खग्रिवाङ, राम्चे, काफलडाँडा, अदीवरा,रुईसे, धारापानी समेतका वस्ती, मालिका गाउँपालिकाका विम, नौरुङ, दुले, अर्गला, निस्कोट, देविस्थान समेत वस्ती, मंगला गापाका अर्मन, किमचौर, सिर्कुम, सहश्रधारा, कस्केवारीमा क्षति पुर्‍याएको थियो । त्यस्तै रघुगंगाको पिप्लेगलेश्वर र कुईनेमंगले, कोटगाउँ, अन्नपूर्ण गाउँपालिकाको तातोपानी, सुगा, फगाम, ठाडा, र दोसल्ले वस्ती र बेनी नपाका अर्थुङे, छापा, सल्लेरी, घतान, पात्लेखेत पहिरो प्रभावित क्षेत्र हुन ।
‘घरको माथीदेखी निरन्तर पहिरो झरीरहेको छ । घरको छेउछाउसम्म ढुङ्गा आएका छन, माथी भीर थप चिरापरेको र पहिरो खस्न नरोकिएकोले घर छोडेर आफन्तको घरमा आश्रय लिएका छौं’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष समेत रहेकी पहिरोबाट विस्थापित केशमायाँ मगरले भनिन, ‘घरको सवै निकाल्यौं । खेतीपाती भएकोले दिनमा घरमा जान्छौं । धान, कोदो गोडमेल गर्छौं र राती आफन्तको घरम बस्न आउने गरेका छौं ।’ source- https://ekantipur.com/pradesh-4/2020/07/29/159600350336296747.html