FLASH NEWS
  • Loading...

बेनीको क्याम्पसचोकमा खुल्यो आँखा उपचार केन्द्र

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८४ पटक पढिएको
बेनीको क्याम्पसचोकमा खुल्यो आँखा उपचार केन्द्र

नेपाल नेत्र ज्योती संघ म्याग्दीको अगुवाई र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बेनीको क्याम्पसचोकमा आँखा उपचार केन्द्र खुलेको हो ।
हिमालय आँखा अस्पताल पोखराले नेपाल रेडक्रस सोसाईटीसँगको सम्बन्ध तोडेर नेत्र ज्याति संघलाई प्राविधिक सहयोग गरेसँगै बेनी अस्पताल भित्र रहेको आँखा उपचार केन्द्रका प्राविधिक सहित क्याम्पसचोकमा उपचार केन्द्र खुलेको हो ।
नेपाल रेडक्रस सोसाईटीद्धारा संञ्चालित आँखा उपचार केन्द्रलाई पारदर्शी नभएको आरोप लगाउँदै नेत्रज्योती संघले नयाँ उपचार केन्द्र खोल्नु परेको र विरामीको उत्साहवर्दक सर्मथनले उत्साही भएको दावी गरेको छ ।
‘रेडक्रससँगको सहकार्यमा आँखा उपचार केन्द्रको आर्थिक पारदर्शितामा प्राविधक सहयोग गर्दै आएको हिमालय आँखा अस्पताल असन्तुष्ट थियो । संभवत सुधार नभएपछि रेडक्रससंगको सम्बन्ध तोडेको हो’ नेत्र ज्याती संघका अध्यक्ष अमर बानियाँले भने, ‘सेवाग्राहीको विश्वासबाट उत्साही छौं । आधुनिक प्रविधीबाट सेवा पुर्‍याउने छौं ।’