FLASH NEWS
  • Loading...

दश वर्षेदेखी फरार अभियुक्त पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
दश वर्षेदेखी फरार अभियुक्त पक्राउ

प्रहरीले पछिल्लो एक महिनामा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका दश जना अभियुक्तलाई पक्राउ गरेको छ ।
डाडाचोरी, गौबध, अनियमित बन पैदावार, सवारी ज्यान, बहुबिवाह लगायत कसुरमा दोषी ठहर भई कैद र जरिवाना तोकिएका व्यक्तिहरु धमाधम पक्राउ परेका हुन् ।
प्क्राउ परेका १० जना व्यक्तिहरुलाई १० वर्ष २ महिना कैद र ६२ हजार ६२५ रुपैयाँ जरिवाना तोकिएको थियो । पक्राउ परेका व्यक्तिहरुलाई कारबाही गर्न म्याग्दी जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताए । अदालतको फैसला कार्यान्वयनमा सहयोग पुगेको छ । पक्राउ पर्नेमा ६ वर्ष कैद र ३९ हजार रुपैयाँ जरिवाना तोकिएका डाका चोरी मुद्दामा फरार अन्नपूर्ण–५ शिख घर भई पोखरा बस्ने बालकृष्ण गर्बुजा भनिने कृष्ण गर्बुजा र ३ वर्ष कैद सजाय तोकिएका गौबध मुद्दाका फरार बेनी–६ घर भई कुश्मा बस्ने सम्मरबहादुर दर्जी लगायतका छन् ।
अदालतले फरार अभियुक्त पक्राउ गरे वापत तोकिएको जरिवानाबाट प्रहरी र सुराकीलाई निश्चिच प्रतिशत रकम पुरस्कार दिने भएकोले हरेक बर्षको अन्तिममा यस्ता फरार अभियुक्त फेला पर्ने गरर्छन । तर कहिल्लै सुराकीमा खर्च गरेको भने देखिदैन ।