FLASH NEWS
  • Loading...

कालीपुलको जुवाखालमा छापा, २ लाख २९ हजारसहित ७ जना जुवाडे पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११० पटक पढिएको
कालीपुलको जुवाखालमा छापा, २ लाख २९ हजारसहित ७ जना जुवाडे पक्राउ

बेनी नगरपालिका, ८ कालिपुल स्थित एक एक हार्डवयर पसल रहेको घरमा संञ्चालित जुवा खालमा छापामारी प्रहरीले संञ्चालक सहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
छापा मार्न जुवाखालमा पुगेका प्रहरी निरिक्षक ध्रव शर्माका अनुसार जुवाखालबाट २ लाख २९ हजार नगद वरामद गरेको छ । बुधवार साँझ ५ बजे प्रहरी टोली दुई वटा गाडी लिएर जुवा खालमा पुगेको थियो । जुवाखालबाट निर्माण ब्यवसायी, ब्यापारी र केही पेशेवर जुवाडेलाई पक्राउ गरेको छ । तर प्रहरीले ति जुवाडेको नाम भने सार्वजनिक गरेको छैन ।
जुवा खालमा छापामारी ठूलो मात्रामा नगदसहित जुवाडे पक्राउ परेपछि काँग्रेस निकट केही कार्यकर्ताले सत्तारुढ नेकपाका कार्यकर्ताले सुराकी गरेको आरोप लगाएका छन । ‘अस्ती र झनअस्ती सम्म ति नेकपा कार्यकर्ता आफै जुवा खालमा थिए, हिजो र आज आएनन्, प्रहरी पठाए’ ति काँग्रेस कार्यकर्ताले सुनाए ।
बेनीमा पछिल्लो केही महिना यता काँग्रेस र नेकपाका शक्तिशाली जुवाडे कार्यकर्ताहरु एक अर्कोले प्रहरीलाई सुराकी लगाई छापा मार्न पठाउने गरेको आरोप–प्रत्यारोप लगाउने गरेका छन ।