FLASH NEWS
  • Loading...

काँग्रेसद्धारा बाढीपहिरो खोज, उद्धार र राहतमा समवन्यन नभएको गुनासो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३३ पटक पढिएको
काँग्रेसद्धारा बाढीपहिरो खोज, उद्धार र राहतमा समवन्यन नभएको गुनासो

काँग्रेस म्याग्दीले धौलागिरी, मालिका गाउँपालिका समेत विभिन्न स्थानमा भएको बाढीपहिरो समेतका विपदमा संघिय तथा प्रदेश सरकारको ब्यवस्थापन फितलो भएको आरोप लगाएको छ ।
काँग्रेसले प्रहरी/प्रशासनले विपद ब्यवस्थापनमा सवै पक्ष परिचालन गर्न नसकेको आरोप लगाएको छ । शुक्रवार काँग्रेसले पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारीले सवैलाई समवन्यय गर्नुको सत्तारुढ दलको एउटा कित्तासँग मात्र सहकार्य गरेको बताउँदै स्थानीय प्रशासनले विपत ब्यवस्थापनमा देखाएको पक्षधरता बारे केन्द्रमा पार्टी सभापति मार्फत गुनासो गरेको पनि काँग्रेसले दावी गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने सवै काँग्ेसका कार्यकर्ताले एउटै आरोप दोहोर्ए , स्थानीय सरकाले एक्लै विपद ब्यवस्थापन गर्न सक्दैनन, संघ र प्रदेश सरकारको उपस्थिती प्रभावकारी भएन, स्थानीय प्रशासनले समवन्यय नै गरेन ।
‘बाढीपहिरो प्रभावित क्षेत्रमा खोजउद्धारमा राज्य संयन्त्र फितलो रह्यो । सवै पक्षसँग समवन्यय भएन । बाढीपहिरोको पीडामा राजनिती गरिएपछि काँग्रेसले वैकल्पिक मार्गबाट छुट्टै राहत लग्यौं’ काँग्रेस कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति खमवीर गर्वुजाले भने, ‘जिल्लामा विपद ब्यवस्थापनमा भैरहेको समवन्ययमा गरिएको पक्षधरताको बारेमा केन्द्रमा पार्टी सभापतीसम्म गुनासो गरेका छौं । केन्द्र र प्रदेश सरकार बाढीपहिरोमा खोज, उद्धार र राहतमा गैह्जिम्मेवार देखिएको छ ।’
त्यसै विच म्याग्दी काँग्रेसले विभिन्न पहिरो प्रभावित क्षेत्रका पीडितहरुकालागी ८ लाख २१ हजार मुल्य बरावरको खाद्यान्न, लत्ताकपडा समेत राहत पुर्‍याएको बताएको छ । काँग्रेसले पार्टी कार्यकर्ता र सुभेच्छुकबाट १० लाख १५ हजारको वचन सहयोग संकलन भएकोमा ८ लाख २१ हजार प्राप्त भै सोही रकमबाट मराङमा २ लाख ८१ हजारबढी, कल्लेनीमा ८३ हजार ७ सय, विममा १ लाख ५९ हजारबढी, ताकम, धारापानीमा २ लाख ७५ हजार ५ सय ५९ समेत ८ लाख ६ सय ९० रुपैयाँको राहत पठाएको जनाएको छ । बाँकी २० हजार ढुवानीमा (ट्याक्टर, खच्चड तथा भरिया) खर्च भएको जनाएको छ ।
त्यसैविच काँग्रेसले सभापतिको अध्यक्षतामा ‘विपत राहत कोष’ स्थापना गर्न थालेको जनाएको छ । कोष परिचालन गर्न छुट्टै राहत तथा उद्धार निर्देशिका बनाईएको उल्लेख गरेको छ । ‘एउटा विपदलाई मात्र होईन, सँधै काँग्रेसको कोषबाट विपतमा तत्काल राहत पुर्‍याउन कोषको कल्पना गरिउको हो’ उपसभापति माधव रेग्मीले भने, ‘कोष सक्रिय भएको छैन । अहिले भैरहेको राहत संकलन बाहेक छुट्टै कोषको अवधारण ल्याएको हो, जिल्ला कार्यसमितिले अनुमोदन गरेपछि सक्रिय हुन्छ ।’