- Loading...
अजेन्डाबाट भड्किँदै नेकपा स्थायी कमिटी बैठक
- पुनहिल डट कम
- ४ साल अघि
- १४४ पटक पढिएको

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा आज पूर्वनिर्धारित अजेन्डाले ठाउँ पाएनन्।
लामो समयको प्रतीक्षापछि असार १० यता लगातार बस्दै आएको स्थायी कमिटी बैठक आज पूर्व निर्धारित अजेन्डाबाट भड्किएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अभिव्यक्तिको पक्ष-विपक्षमा गलफत्ति गर्दैमा सकियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ‘मिचिएको भू-भाग समेटेर नक्सा सार्वजनिक गर्दै सरकारले आफ्नो भूमि फिर्ता ल्याउन खोजेपछि’ सरकार गिराउन खोजिएको भन्दै दिएको अभिव्यक्तिमा नेकपाको आजको बैठक केन्द्रित भएको थियो।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले प्रश्न उठाएपछि बैठकले बाटो बिराएको थियो।
बैठकमा नेकपा एमाले नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन परेको भन्ने खवरको विषयमा पनि छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
दुई वर्षअघि केपी शर्मा ओली अध्यक्ष रहेको तत्कालीन नेकपा एमाले र पुष्पकमल दाहाल अध्यक्ष रहेको तत्कालीन नेकपा माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको थियो। दुई पार्टी एक भए पनि एकता प्रक्रिया भने अझैसम्म टुंगिइसकेको छैन।
“आज अन्य दुई विषयमा छलफल भयो। प्रधानमन्त्रीज्यूले आफ्नो सरकार हटाउन खाेजेको र भारतसँग सम्बन्धित विषय बोल्नु भएको, पार्टीका नेताको संलग्नता रहेको विषय बोल्नु भएको थियो। त्यसमा स्पष्ट हुनुपर्ने आवश्यकता भएकोले छलफल भयो,” प्रवक्ता श्रेष्ठले भने, “निर्वाचन कार्यालयमा नेकपा एमाले नाम गरेको नयाँ पार्टीको गठन गर्न आवेदन दर्ता भएको कुरा पनि आयो। हाम्रो पार्टीको नेता कार्यकर्ता त्यसमा संलग्न छन् की छैनन् भन्ने कुरामा अध्यक्ष प्रचण्डले विषय प्रवेश गराउनु भएको थियो। त्यसमा १८ जना सदस्यले भाग लिनुभयो।”
कार्यकारी अध्यक्ष प्रचण्डले राखेको विषयमा आज अध्यक्ष केपी अोली, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ, बेदुराम भुषाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, भीम आचार्य र गोकर्ण विष्टले धारणा राखेका थिए।
स्थायी कमिटी बैठकको कार्यसूचीमा नेपालको सीमा अतिक्रमण तथा सीमासम्बन्धी मुद्दा, कोभिड-१९ उपचार, नियन्त्रण र त्यससँग जोडिएका अन्य विषय, पार्टीको गतिविधि तथा एमसीसीको विषयमाथि छलफल हुने थियो।
प्रवक्ता श्रेष्ठले झापाका सन्ध्या तिवारीको अध्यक्षतामा निर्वाचन आयोगमा नेकपा एमाले नामको राजनीतिक दल दर्ता गर्नका लागि आवेदन दर्ता भएको बताए। यस विषयमा अर्को दिन पनि छलफल हुने श्रेष्ठले बताए।
स्थायी कमिटीको बैठक भोलि बिहान ११ बजे बालुवाटारमा पुनः बस्नेछ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
