- Loading...
इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी
- पुनहिल डट कम
- ४ साल अघि
- १५३ पटक पढिएको

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र दर्जनौँ अमेरिकी अधिकारीविरुद्ध जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न भएको भन्दै पक्राउ पुर्जी जारी गरेको हो ।
साथै इरानले अमेरिकी राष्ट्रपति ट्रम्पलगायतको पक्राउमा सहयोग गर्न इन्टरपोलसँग आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तेहरानका अभियोक्ता अली अलाकसिमेरका अनुसार सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पसहित अन्य ३० जनाविरुद्ध गत जनवरी ३ मा भएको आक्रमणमा जर्नेल कासिम सुलेमानीको हत्याका साथै हत्या र आतंकवादी गतिविधि गरेको अभियोग लगाइएको छ । अलीले ट्रम्पबाहेक कस–कसलाई आरोप लगाइएको हो भन्नेबारेमा केही खुलाएका छैनन् । उनले ट्रम्पको राष्ट्रपतीय कार्यकाल सकिएपछि पनि कानुनी कारबाहीका लागि इरान लड्ने बताए ।
इरानका लागि अमेरिकी दूत ब्रायन हूकले भने इरानी कदमलाई ‘प्रचारबाजी फन्डा’ को संज्ञा दिएका छन् । ‘इन्टरपोलले राजनीतिक प्रकृतिका विषयमा हस्तक्षेप गर्दैन र रेड नोटिस जारी गर्दैन भन्ने हाम्रो ठम्याइ छ,’ अमेरिकी दूत हूकले साउदी अरबमा भएको पत्रकार सम्मेलनमा भने । ‘यो विषय राजनीतिक प्रकृतिको रहेको छ । राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको प्रवर्द्धनमा यसको कुनै सम्बन्ध छैन । यो केबल प्रचारबाजी र फन्डा मात्रै हो । यसलाई कसैले पनि गम्भीरताका साथ लिँदैनन्,’ हूकले भने ।
तेहरानका अभियोक्ता अलीले भने अमेरिकी राष्ट्रपति ट्रम्प र अन्यविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलसँग आग्रह गरेको दाबी गरेका छन् ।
फ्रान्सको लियोनमा रहेको इन्टरपोलले भने इरानको आग्रहलाई विचार नगर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । इन्टरपोलले आफूलाई राजनीतिक, सैन्य, धार्मिक र नश्लीय प्रकृतिको चरित्रका गतिविधिमाथि कारबाही गर्ने अधिकार नभएको बताउँदै इरानको आग्रहमाथि केही नगर्ने बताएको छ ।
राजनीतिक विश्लेषकहरुले इरानले पक्राउ पुर्जी जारी गर्नु एउटा सांकेतिक प्रतिक्रियाभन्दा केही बढी मात्रै भएको बताएका छन् । तर यसले अमेरिकी राष्ट्रपति ट्रम्पप्रति इरानको वैरभाव निकै बढेको देखिने उनीहरुले बताएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
