- Loading...
‘…केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ’
- पुनहिल डट कम
- ४ साल अघि
- १३१ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको उनको दाबी छ । उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।
‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ,’ ओलीले भने ।
ओलीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए । उनले भने, ‘नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् । कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए । ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्छ । आफ्ना लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि म प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’
‘हामीले नक्सा सच्यायौँ । यसलाई संवैधानिक रूप दियौँ । तपाईंहरुले सुन्नु भएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र सक्रिय छ,’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने बताए । उनले भने, ‘नेकपा पार्टी र संसदीय दल पनि बहकावमा कुद्दैन । यति बुझे हुन्छ, नक्सा भूलचुकले छापिएको होइन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
