- Loading...
प्रमुख नेताहरु आज साँझ शितल निवासमा
- पुनहिल डट कम
- ४ साल अघि
- १४७ पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलसँग सामुहिक छलफल गर्नुहुने भएको छ ।
त्यसका लागि उहाँले सबै दलका शिर्षस्थ नेतालाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी हुन । राष्ट्रपति भवनमा हुने भेटघाटमा पछिल्लो समय दलहरुबीच नक्सा पासमा देखिएको राष्ट्रिय सहमतिका लागि धन्यवाद दिने र पछिल्लो राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।
राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको हो । लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
