- Loading...
थपिए ४ सय ३४ कोरोना संक्रमित, ११ हजार १ सय ६२ जनामा कोरोना पुष्टि
- पुनहिल डट कम
- ४ साल अघि
- १२५ पटक पढिएको

नेपालमा विगत २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ।
तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
विगत २४ घण्टामा ३१२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। उनीहरूमध्ये पुरुषको सङ्ख्या धेरै छ।
अहिले प्रदेश नं २ र ५ कोभिड-१९ बाट सर्वाधिक प्रभावित भएको देखिएको छ। कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
डा. गौतमका अनुसार सोमवार राति पोखरास्थित अस्पतालमा मृत्यु हुने व्यक्ति स्याङ्जाका हुन्। उनमा मधुमेह र श्वासप्रश्वासमा समस्या थियो।
कोभिड-१९ पुष्टि भएपछि ती व्यक्तिलाई असार ८ गते पोखरा ल्याएर अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो। उनको असार १० गते राति मृत्यु भएको डा. गौतमले बताए।
अर्का मृतक ललितपुरका हुन्। उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको र स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। पाटन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा बिहीवार बिहान उनको मृत्यु भएको जानकारी डा. गौतमले दिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
