FLASH NEWS
  • Loading...

देशैभर मनसुन सक्रिय, एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६३ पटक पढिएको
देशैभर मनसुन सक्रिय, एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हिजोबाट मनसुन देशैभर सक्रिय बनेको छ।

विभागका अनुसार आज  प्रदेश १, प्रदेश २, प्रदेश ५, वागमती, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदुरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

‘मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउनुका साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्‍नु हुन सम्बन्धित निकायहरूलाई अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हिजो २१ जुनदेखि देशैभर मनसुनको प्रभाव परेको छ। यसकारण आज बिहानैदेखि देशभर सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमी गतिविधि बढेसँगै पहाडमा पहिरो र तराईमा बाढीको जोखिम बढेर जान्छ। नदी, खहरे खोला र पहिरोको जोखिम रहेका स्थानमा बसोबास गर्नेहरूले यस्तो बेला विशेष सतर्कता अपनाउनुपर्छ।