FLASH NEWS
  • Loading...

आज वलय सूर्यग्रहण, यसको प्रभाव र कहाँबाट हेर्न सकिन्छ ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ११३ पटक पढिएको
आज वलय सूर्यग्रहण, यसको प्रभाव र कहाँबाट हेर्न सकिन्छ ?
आषाढ कृष्ण औँसीका दिन आज अमावश्य तिथिका दिन अहिलेसम्मकै सबैभन्दा लामो खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । र्यग्रहण १०ः४२ बजे शुरू भई दिउँसो २ः२४ बजे अन्त्य हुनेछ। नेपालमा सबैभन्दा पहिला धनगढीबाट १०ः४२ मिनेट जाँदा सूर्यग्रहण देखिनेछ।
नेपालमा सबैभन्दा पहिला धनगढीबाट सूर्यग्रहण देखिनेछ। त्यसपछि क्रमशः पूर्वतिरबाट ग्रहण देखिँदै जानेछ बिहान १०ः४२ स्पर्श, १२ बजेर ३८ मिनटमा मध्य, अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष र सर्वपर्व ३ घण्टा ३३ मिनेटको हुनेछ ।
विश्वका विभिन्न स्थानबाट वलय सूर्यग्रहण देखिने भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ। “नेपाली समयअनुसार असार ७ गते बिहान लाग्ने वलय सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ,” नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने।
भट्टराईका अनुसार पछिल्लोपटक नेपालको पूर्वीभागबाट वलय सूर्यग्रहण सन् १९६५ नोभेम्बर २३ तारिख बिहान देखिएको थियो। त्यसयता नेपालबाट वलय सूर्यग्रहण देखिएको छैन। वलय सूर्यग्रहण पनि नेपालबाट देखिने छैन।
“नेपालमा अब सन् २०६४ फेब्रुअरी १७ का दिन मात्र प्रदेश १ को दक्षिणपूर्वी भूभागबाट वलय सूर्यग्रहण देखिनेछ,” भट्टराईले भने, “एक जना मानिस एकै ठाउँमा बस्ने हो भने जीवनमा एकपटक मात्र वलय सूर्यग्रहण देख्न सक्छ। यसकारण यसलाई दुर्लभ ग्रहण भनिन्छ।”
पृथ्वीबाट सूर्यतर्फ हेर्दा चन्द्रमा सूर्यको बीच भागमा पर्दा सूर्यको बाहिरी भाग रिंग जस्तो देखिन्छ- यसैलाई नै वलय सूर्यग्रहण भन्ने गरिन्छ।
“वलय सूर्यग्रहणको अवधि एकदमै छोटो हुन्छ। यो ३८ सेकेण्ड जति मात्र हुन्छ। त्यसैले विश्वका थोरै मानिसले मात्र वलय सूर्यग्रहण अवलोकन गर्न पाउनेछन्,” उनले भने।
सूर्यग्रहण औँसीको दिन लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण। वर्षमा चारदेखि सातपटकसम्म ग्रहण लाग्ने गर्छ। ग्रहणहरु खग्रास, वलय, खण्डग्रास र हाइब्रिड गरी चार प्रकारका हुने गर्छन्।
नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। नांगाे आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटी बताउँछ। “वैज्ञानिक मूल्य र मान्यताअनुसार सुरक्षित तरिकाले सूर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्सानी हुँदैन,” भट्टराईले भने।
सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।
खण्डग्रास सुर्यग्रहण दुई नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ । मृगशिरा र आरार्ध्या नक्षेत्र तथा मिथुन राशिका ब्यक्तिहरूलाई अतिकष्ट हुन सक्ने ज्योतिषशास्त्रमा उल्लेख भएको पाईन्छ । ग्रहणकाल बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ । यो सूर्यग्रहण नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ । यो पुरै सूर्य ढाक्ने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास आधा ढाक्ने मात्र देख्न सकिने छ ।
वैज्ञानिक र ज्योतिषशास्त्रका अनुसार ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिनेछ ।
ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसोको अनुभव हुनेछ । ग्रहणका दिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुनेछ । यसरी वैज्ञानिक र धार्मिक आधारहरू धेरै रहेका छन् । ग्रहण लागेको समयमा बर्जित गरेका कार्यलाई हेलचक्राई र खेलाची नगरी पालना गर्दा राम्रो हुने विश्वास गर्न सकिन्छ । धर्मशास्त्र अनुसार सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशि भएका मानिसले मात्र हेर्न हुने धार्मिक मान्यता छ।
हिन्दु धर्मको परम्परा अनुसार ग्रहणको समयमा भोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ । ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन । कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ । देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ । ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ । यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।
ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन । साथै यस कालमा माछामासु काट्ने वा बेच्न अशुभ हुने मान्यता छ । ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन । यस समयमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ । ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित छ । ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ । ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित गरिएको छ अन्यथा अशुभ हुने विश्वास गरिएको छ । ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन । ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ । ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।