- Loading...
शनिवार म्याग्दीमा २ जना डेंगु संक्रमित थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- १४२ पटक पढिएको
कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका विच शनिवार म्याग्दीमा दुई जनामा डेंगु संक्रमित थपिएका छन ।
शनिवार टाउको दुख्ने, ज्वारो आउने र जोर्नी दुख्ने भएपछि उपचारकालागी बेनी अस्पताल आएका मंगला गाउँपालिका, ३ बरंजाकी २९ बर्षिया महिला र रघुगंगा गाउँपालिका, ३ पिप्लेकी १९ बर्षिया युवतीमा डेंगु संक्रमण देखिएको बेनी अस्पतालले जनाएको छ ।
विभिन्न वस्तीमा डेंगु भाईरसको संक्रमण थप फैलिएको देखिएको छ । म्याग्दीमा बैशाख–आसार पहिलोसातासम्म १६ जनामा डेंगु संक्रमण भेटिएको हो ।
गर्मी सिजन सुरु भएपनि लगातारको बर्षा भैरहेकोले गर्मी भने बढेको छैन । तर लामखुट्टे लाग्न थालेको छ । र एडिस जातको लामखुट्टेको टोकाईबाट फैलिने डेंगु भाईरस पनि फैलिन थालेको भेटिएको हो ।
‘गर्मी सिजन (मनसुन)सँगै डेंगु तिब्र गतिमा बढेको देखिएको छ । म्याग्दीका गाउँमा डेंगु भाईरस संक्रमण फैलिएको छ’ बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बास्ताकोटीले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति हो । यो डेंगुको सिजन हो । डेंगु र कोभिड–१९ रोगको लक्षण मिल्दो हुँदा आत्तिनु हुँदैन ।’
डेंगु र स्क्रब टाईफस एक विरामीबाट अन्यमा सजिलै संक्रमण हुने भएकोले लक डाउनका वेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन । वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता ड्ंगुका मुख्य लक्ष्यण हुन ।