यस्तो छ, आजको मौषम

४ असार २०७७, बिहीबार ०७:५२ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

आज गण्डकी प्रदेशका हिमालपारीका मुस्ताङ, मनाङबाहेक सवै जिल्ला समेत देशभरको मौषम वदली भएको छ ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना  रहेको छ । ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।