Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

यस्तो छ, आजको मौषम

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१८ पटक पढिएको
यस्तो छ, आजको मौषम

आज बुधवार गण्डकी प्रदेशका हिमालपारीका मुस्ताङ, मनाङबाहेक सवै जिल्ला समेत देशभरको मौषम वदली भएको छ । पूर्वदेखीमध्यसम्मको भु–भागमा मनसुनी वायु सक्रिय छ । प्रदेश ६ र ७ मा भने पश्चिमी वायु सकृय छ । जेठ ३० गतेदेखी पूर्वी भागबाट मनसुन प्रवेशगरी विस्तारै पश्चिम तर्फ सर्दै गएको र देशको पश्चिमी क्षेक्रमा मनसुन सत्रिय हुन अझै केही दिन लाग्ने छ ।

गण्डकी प्रदेशमा मध्यदेखी मध्यम बर्षा हुने भएपनि प्रदेश १, २ र बाग्मती प्रदेशको केही स्थानमा भारी बर्षाको संभावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पृथ्वीमा ६ प्रकारका मनसुन सकृय छन । अफ्रिकी मनसुन, उत्तर अमेरिकी मनसुन, उत्तरपूर्व भारतिय मनसुन, दक्षिण एसियाली मनसुन र युरोपेली मनसुन ।

हिन्द महासागरबाट बंगालको खाडीहुँदै दक्षिणपूर्वी दिशाबाट बर्खा याममा आउने (गृष्मकालिन बर्षा) दक्षिण एसियाली मनसुन हो । हिँदमा अरवसागरबाट चिसो हावाले ल्याउने मनसुन (शितकालिन बर्षा) उत्तरपूर्वी भारतीय मनसुन हो ।

पृथ्वी पश्चिमबाट पूर्वतिर फन्को मार्दै घुमिरहने हुनाले दक्षिणमा अवस्थित हिन्द महासागर र बंगालको खाडीबाट उठ्ने जलवाष्पयुक्त हावालाई उत्तरी क्षेत्रमा फैलिएको हिमालय पहाड श्रृखलाले छेक्ने हुँदा भारतको पश्चिमी तटबाट भित्र घुसेर नेपालको पूर्व मेचिहुँदै हिमालको फेदै फेद पश्चिम तर्फ बग्छ ।  त्यसैले नेपाल पस्ने मनसुनलाई दक्षिण–पूर्व मनसुन भन्ने गरिन्छ ।

मनसुनले मेघालय (भारतको) चेरापुन्जीमा अधिक बर्षा गराउँछ । नेपालमा भने गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाका सीमावर्ती अन्नपूर्ण गाउँपालिकामा हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल